सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अब बुवाआमाकाे खातामा आम्दानीमध्ये १० प्रतिशत जम्मा गर्नु पर्ने

सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम बुवाआमाको खातामा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले संघीय संसदमा पेश गरेको ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमा हरेक नागरिकले आफ्नो पारिश्रमिकको साे रकम बुवाआमाको खातामा जम्मा गरिदिने प्रावधान राखिएको हो ।

सन्तानले अभिभावकलाई अपहेलना गरेको पाइएपछि कानुनी रुपमै उनीहरुको संरक्षणका लागि सन्तानको पारिश्रमिक बुवाआमाको खातामा जम्मा गरिदिनुपर्ने कानुनी व्यवस्था गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिइन् । ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको १४ औं विश्व चेतना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरोकारवाला निकायसँग छलफल गरी यस्ताे व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राज्यले ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि विशेष व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds