सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

ल्हासा – चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ। शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए।

इतिहासमा चीन र नेपालबीचमा हिमालय कहिल्यै पनि अवरोध नभएको, नदीका हरेक बहावले सञ्चारको काम गरेको र हिमालका प्रत्येक पाइला मित्रताका बरन्डा रहेको भन्दै उनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरे।

१३औं शताब्दीमा नेपालका प्रख्यात कलाकार अरनिको तिब्बत आएर बृहत् सुनौलो टावर बनाएको भन्दै उनले अरनिको तिब्बतबाट बेइजिङ गएर आजीवन चीनमा बसी हान, मंगोलियन तथा तिब्बती समुदायको कला सिर्जना गरेको इतिहासले पनि दुई देशबीचको मित्रताको महत्व दर्साएको औंल्याए।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका भरखरै खुलेको र केरुङ नाकाबाट ठूलो मात्रामा चीन र नेपालबीचमा व्यापार भइरहेको उनले बताए। चीनले नेपालसँग क्रसबोर्डर रेलवे सेवा सञ्चालन गर्न सम्झौता गरिसकेको सन्दर्भ पनि उनले जोडे। नेपालले चिनियाँ इन्टरनेट प्रयोग गरिरहेको भन्दै उनले साझा जितको भावनासहित ल्हासामा बृहत्तर तहको स्वतन्त्र व्यापार क्षेत्र स्थापना भइसकेको बताए। नेता छीले भने ‘चीन नेपाल क्रसबोर्डर आर्थिक सहयोग क्षेत्र स्थापना भइसकेको छ।’ यस परियोजनामा २ खर्ब ८० अर्ब अमेरिकी डलर लगानी हुने उनले स्पष्ट पारे।

Mahakali Polytechnic

तिब्बतको लगानीमा नेपालमा हिमालय एयरलाइन्स सञ्चालनमा आएको बताउँदै उनले तिब्बतमा नेपाललाई नै केन्द्रित गरेर केही प्रदर्शनी र महोत्सव हुँदै आएको जानकारी दिए। नेपालको जलस्रोतमा लगानी गरेर सफा ऊर्जामा जोड दिने उद्देश्यले क्रस बोर्डर ट्रान्समिसन लाइन जोडिएको उल्लेख गरे।

World Link Ads

विभिन्न ५७ राष्ट्रका ६९ जना विशेषज्ञ सहभागी रहेको सो मञ्च अप्रत्यक्ष रुपमा चीन नेपाल सहकार्यमा केन्द्रितजस्तो देखिन्थ्यो। अन्य देशका विज्ञले पनि बिआरआईमा तिब्बतको भूमिका शीर्षकमा बोल्दा प्राय सबैले नेपालको प्रसंग उठाएका थिए। सबैको भनाइको निचोड चिनियाँ रेललाई हिमालय पार गराएर नेपाल पु-याउनुपर्ने भन्ने थियो।

Sana Kishan

नेता छीले पनि सिगाच्छे पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए। नेपालसँगको मित्रतालाई तिब्बती नेता छीले निकै साहित्यिक तरिकाले व्यक्त गरे। उनले भने, ‘जब दुई मुटु नजिक हुन्छन् तब अग्ला पहाडहरुको कुनै डर हुँदैन।’ यही भावनामा रहेर यही वर्षको सुरुदेखि चिनियाँ सार्वजनिक कल्याण संस्थाले नेपालका प्राथमिक तहका विद्यार्थीलाई झोला र अन्य सामग्री वितरण गरेको उनले बताए।

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए। लार्चा सुक्खा बन्दरगाह तयार भएको र केरुङमा पनि सुक्खा बन्दरगाह बनाउने उल्लेख गर्दै नेता छीले नेपालको पूर्वाधार विकासमा चीनले लगातार सहयोग गर्दै जानेमा जोड दिए।
– नागिरक न्युजबाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds