सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

काठमाडाैं – झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीले बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ। साताव्यापी युरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर उनी काम चलाउ सरकारकी प्रमुख भइसकेकाले महत्वपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन। बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको बेलायती महारानीसँग पनि भेट हुन सकेन। बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रूपमा लिने गरिन्छ।

कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमण महारानीसँगसमेत भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहरू गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्वताको परिणाम भएको बताउँछन्। प्रधानमन्त्री ओलीले महारानीको सट्टा राजकुमार ह्यारीसँग भेट गरेर चित्त बुझाउनु परेको छ।

कूटनीतिक मामिलाका जानकार मदनकुमार भट्टराई नेपाल र बेलायतको सम्बन्ध धेरै पुरानो र विशिष्ट किसिमको भएको बताउँछन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला महारानीसँग भेट हुन नसक्नुलाई पर्याप्त तयारीको अभाव भन्छन्। ‘पर्याप्त तयारी भएको भए बेलायती महारानीले नेपालका प्रधानमन्त्रीलाई भेट नदिने भन्ने कुरा हुँदैनथ्यो,’ उनले भने।

महारानीसँगको भेटका लागि पहिले देखि नै समय लिनुपर्ने भए पनि नेपाली पक्षको तयारीको कमीले भेटघाट हुन नसकेको उनको अनुमान छ। ‘हाम्रो तर्फबाट पर्याप्त तयारी नपुगेरै १७ वर्षपछि नेपालका प्रधानमन्त्रीले बेलायत भ्रमण गर्दा पनि महारानीसँग भेट हुन नसकेको हो,’ उनले भने। बेलायतमा स्थायी सरकार नभएका बेला प्रधानमन्त्रीको भ्रमण भएको विषयलाई भने उनी पूर्वनिधारित कार्यक्रमका रूपमा अथ्र्याउँछन्। कहिलेकाहीँ उच्चस्तरीय कार्यक्रम तय भइसकेपछि त्यसलाई रद्द गर्न अप्ठेरो हुने भएकाले प्रधानमन्त्रीले बेलायत भ्रमण गरेको भट्टराईको तर्क छ। ‘उच्चस्तरीय भ्रमणको तय गर्दा लामो समयसम्म तयारी गर्नुपर्छ। भ्रमण तय भइसकेको अवस्थामा बेलायतमा प्रधानमन्त्रीले राजीनामा दिएकाले यसमा प्रधानमन्त्रीको दोष नभएको उनी बताउँछन्।

Mahakali Polytechnic

प्रधानमन्त्रीसँग भएका छलफलका विषयमा त्यहाको सम्बन्धित निकायले फलोअप गर्ने भएकाले त्यसले खासै असर नपर्ने उनी बताउँछन्। भट्टराई गोर्खा भर्तिका विषयमा प्रधानमन्त्री ओलीले बेलायती समकक्षीसँग गरको छलफलबाट उनीहरूको समस्या तत्काल समाधान हुनेमा आशंका व्यक्त गर्छन्। यो लामो प्रक्रियाबाट टुंगिने विषय हो, उहाँहरूले दिशा निर्देश गर्ने हो तर यो आजको भोलि समाधान हुने विषय होइन,’ उनले भने।

World Link Ads

नेपाल र बेलायतबीचमा सन १८०२ बाट नै कूटनीतिक सम्बन्ध सुरु भएको थियो। त्यतिबेला बेलायती राजदूत एक वर्ष नेपालमा बसेर फर्किएका थिए। सन १८१६ मा भएको सुगौली सन्धि भएको समयलाई बेलायतले नेपालसँगको दुईपक्षीय सम्बन्ध सुरु भएको समयका रूपमा अथ्र्याउने गर्छ। नेपालमा सन १८१६ बाटै बेलायती कूटनीतिज्ञ रहँदै आए पनि नेपालले बेलायतमा राजदूत पठाउन भने धेरै लामो समय पर्खनु परेको थियो।

Sana Kishan

नेपालका तर्फबाट तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले नेपालका कूटनीतिक प्रतिनिधि बेलायतमा राख्ने प्रयास गरे पनि त्यो सफल हुन सकेको थिएन। बेलायतलाई खुसी बनाउन प्रधानमन्त्री वीरशमशेरले लुकिछिपी हुँदै आएको गोर्खा भर्तिलाई औपचारिकता दिने काम गरे। तर त्यसबाट पनि बेलायतमा नेपाली कूटनीति राख्ने प्रयास सफल हुन सकेन।

त्यो प्रयास चन्द्रशमशेरले १९२३ मा नेपाल बेलायत मैत्री सन्धिमार्फत पनि गरेका थिए। नेपालले बेलायतले नेपालमा कुटनीतिक प्रतिनिधि राख्न थालेको एक सय वर्षभन्दा पनि लामो समयपछि सन १९३४ बाट मात्र औपचारिक रूपमा बेलायतमा कुटनीतिक मिसन स्थापना गर्न नेपाल सफल भएको थियो। यो नै नेपालको पहिलो विदेशस्थित कूटनीतिक मिसन थियो। सन १९४७ पछि मात्र औपचारिकरूपमा बेलायतमा राजदूत पठाउने काम सुरु भएको थियो।

बेलायतसँग धेरै पुरानो कूटनीतिक सम्बन्ध हुँदा पनि हालसम्म बेलायतबाट कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीको नेपाल भ्रमण हुन सकेको छैन्। बेलायती महारानीले भने सन १९६० र १९८६ मा गरी दुईपटक नेपाल भ्रमण गरेकी थिइन्। नेपालका तर्फबाट पछिल्लो पटक सन २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमण गरेका थिए।
त्यस अघी देउवाले प्रधानमन्त्रीका रुपमा सन १९९६ मा पनि बेलायत भ्रमण गरेका थिए। सन १९९९ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले न्यूयोर्कबाट फर्किने क्रममा बेलायतको औपचारिक भ्रमण गरेका थिए। स्वर्गीय राजा वीरेन्द्रले सन १९८० र १९९५ मा दुई पटक औपचारिक बेलायत भ्रमण गरेका थिए भने स्वर्गीय राजा महेन्द्रले सन १९६० मा बेलायत भ्रमण गरेका थिए।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले अक्फोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनको कार्यक्रम तथा बेलायतको अल पार्टी पार्लियामेन्टरी गु्रपलाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओलीलाई बुधबार बेलायती गोर्खा सैनिकले अर्पण गरेको थियो। प्रधानमन्त्री ओलीले बेलायतस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दैै नेपालीहरु वीर छन् भन्ने कुरा सबैभन्दा पहिले बेलायतले थाहा पाएको र ब्रिटिस गोर्खाको सुरुवात भएपछि विश्वले थाहा पाएको बताएका थिए। प्रधानमन्त्री ओली बेलायत भ्रमण सकेर बुधबार नै भूमिगत रेलमार्ग हुँदै फ्रान्सतर्फ लागेका छन्।
#नागरिक

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.