सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सलमान खानको चलचित्र ‘भारत’ बारे १३ रोचक रहस्य

५ जुन अर्थात आज सलमान खान तथा कैटरिना कैफ स्टारर चलचित्र भारत प्रदर्शन भएको छ । भारतका ४ हजार ७ सय र विश्वभरीका ६ हजार बढि हलमा यो चलचित्र प्रदर्शन भैरहेको छ । भारती मिडियाहरुको दाबी अनुसार यो चलचित्र सबैभन्दा धेरै हलमा एकसाथ लागेको पहिलो बलिउड चलचित्र समेत हो । लामो समयदेखि चर्चामा रहेको यो चलचित्रको प्रोमो तथा गीतका कारण धेरैको नजरमा परेको थियो । सलमानले पछिल्ला केहि चलचित्र फ्लप भएपछि यो चलचित्रलाई सुपरहिट बनाउनका लागी ज्यान दिएर लागेका थिए । मज्जाले पैसा तथा पसिना खर्च गरेका सलमानको पहिलो दिनको शो अनुसार यो चलचित्र हिट हुने सम्भावना देखिएको छ । भारतीय मिडियाहरुको सहयोगमा तयार पारिएको केहि रहस्य :

१) चलचित्र भारत २०१४ मा प्रदर्शन भएको साउथ कोरियन चलचित्र ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो ।

२) निर्देशक अली अब्बास जफरले यो चलचित्रको नाम ‘भारत’ राख्ने विषयमा धेरै पटक सोचेका थिए । उनले चलचित्रको नाम ‘भारत’ राख्नुअघि अर्जुन र करण राख्ने विषयमा समेत आफ्नो टिमसँग सल्लाह गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

३) यो चलचित्रमा प्रियंका चोपडाले काम गर्ने लगभग पक्का भएको थियो । तर, केहि समयपछि प्रियंकाले काम नगर्ने भन्दै सहकार्य तोडिन् । त्यसपछि कैटरिना कैफलाई ईन्ट्रि गराइयो ।

Dirghayu Ads

४) चलचित्र भारतमा १९४७ देखि २०१० सम्मको कथा देखाउन खोजिएको छ । यो चलचित्रमा सलमान विभिन्न ५ अवतारमा देखिएका छन्, जहाँ १८ बर्षको लक्का जवान देखि ७० बर्षको बृद्धसम्मको भुमिका निर्वाह गरेका छन् ।

५) सलमान खानले आफ्नो चलचित्र करिअरमा पहिलोपटक बुढ्यौली उमेरको भुमिकामा काम गरेका हुन् । उनको यो उमेर बनाउनका लागी मेकअप आर्टिष्ट प्रत्येक दिन साढे २ घण्टा समय लाग्ने गरेको थियो ।

६) सलमान खान र कैटरिनाले धेरै पटक एउटै चलचित्रमा काम गरेका छन्, तर पहिलोपटक उनिहरुको जोडिको उमेर ट्रान्सफार्मेसन देखाइएको छ ।

Sana Kishan

७) भारत एउटा त्यस्तो चलचित्र हो, जहाँ पहिलोपटक सवैभन्दा जुनियर आर्टिष्टले काम गरेका छन् ।

८) यो ५ औं पटक हो, जहाँ सलमान र जैकीले एकसाथ काम गरेका हुन् । यसअघि उनिहरुले चलचित्र वन्धन, किनकी, बेर र कहीँ प्यार ना हो जाएमा काम गरेका थिए ।

९) सायद यो कुरा धेरैलाई अनुमान समेत थिएन, बरुण धवन समेत कैमियो रोलमा देखिने वाला छन् ।

१०) सलमानले पहिलोपटक यो चलचित्रमा कृतिम अंगका साथ देखिनेछन् ।

११) चलचित्र ‘भारत’ मा प्रयोग भएका धेरै टेक्नोलोजी हलिउडबाट ल्याइएको छ । यो चलचित्रमा निकै नयाँ किसिमको टेक्नोलोजीमा प्रयोग गरिएको छ, जुन भारतीय चलचित्रमा अहिलेसम्म प्रयोग गरिएको थिएन । यसअघि ब्रेड पिटको चलचित्र द क्युरिअस केज अफ बेन्जामिन बटममा यो किसिमको टेक्नो प्रयोग भएको थियो ।

१२) सलमान र कैटरिनाले काम गरेको यो चलचित्र छैटौं हो । उनिहरुले पहिलोपटक २००५ मा मैने प्यार किया, २००७ मा पार्टनर, २००८ मा युवराज, २०१२ मा एक था टाइगर र २०१७ मा टाइगर जिन्दा है मा काम गरेका थिए ।

१३) चलचित्र भारत निर्माणका लागी २ सय ७५ करोड खर्च भएको छ । चलचत्रिलाई अतुल अग्निहोत्रीले निर्माण गरेका हुन् । यो चलचित्र निर्माणका लागि १ सय २५ करोड खर्च भएको थियो भने सलमानले यो चलचित्रबाट १ सय २५ करोड पारिश्रमिक लिएका छन् । चलचित्रको प्रमोशनका लागी निर्माण टिमले २५ करोड छुट्टाएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.