सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘काँ जान्छौ तन्नेरी’को लोर्कापण

सोलुखुम्बु – नाटककार एवं रंगकर्मी डी.बी. किरातीको नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ लोर्कापण गरिएको छ। राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा गत शनिबार एक कार्यक्रमका बीच संस्कृतिविद् सत्यमोहन जोशीले नाटक संग्रहको लोर्कापण गरे।

संस्कृतिविद् जोशीले मोफसलमा बसेर नेपाली साहित्यमा योगदान गर्नु चानचुने विषय नभएको बताए। ‘किरातीहरू संस्कृतिका अग्रज हुन्,’ उनले भने, ‘नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ले नाटकको विकासमा योगदान पु¥याउनेछ भन्ने विश्वास छ।’ उनले संस्कृतिलाई नउठाएसम्म मुलुकको दिगो विकास सम्भव नहुने बताए। ‘सरकारी निकाय भौतिक संरचनाको विकासमा मात्र तल्लिन भएको छ। यसले सम्मृद्ध नेपालको सपना पूरा हुँदैन’, उनले भने।

सरकारी निकाय भौतिक संरचनाको विकासमा मात्र तल्लिन भएको छ। यसले सम्मृद्ध नेपालको सपना पूरा हुँदैन।
५ नाटक समावेश नाटक संग्रह लोर्कापण कार्यक्रममा लेखक तथा समीक्षक हेरम्बराज बास्तोलाले कृतिमाथि समीक्षा गरेका थिए। उनले नेपाली नाटकलाई अझ फराकिलो बनाउन सहयोग गर्ने बताए। लेखक किरातीले नाटक संग्रहलाई प्रकाशकहरूले कम महत्व दिएको गुनासो गरे। नाटक संग्रहमा ‘काँ जान्छौ तन्नेरी’सहित ‘अर्थको अर्थ’, ‘के हुन बाँकी छ’, ‘तिर्थधाम जाउ पुन्य कमाउ’, ‘बाहुनवाद पूणांकी’ तथा ‘लघुनाटक’ समावेश छन्। लेखक किरातीले सम्पूर्ण नाटक सामाजिक घटनामा आधारित रहेको बताए।
कार्यक्रम सगरमाथा नाट्य समूहको आयोजनामा भएको थियो। लेखक किरातीको नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ १३ औं कृति हो। यसअघि उनले उपन्यास ‘खोजी’,

World Link Ads
Mahakali Polytechnic

खण्डकाव्य ‘के तिमी जिउँदै छौ’, कविता मुक्तकसंग्रह ‘पोकोपन्तरा’, नाटक ‘चुनौती’, कवितासंग्रह ‘पागलको डायरी’ भाग १ र भाग २, नाटक ‘भत्किएको घर’, निबन्धसंग्रह ‘के हो नयाँ नेपाल’, निबन्ध ‘चौतारो’, सुनुवारी भाषा संस्कृतिमा आधारित नाटक ‘मुल्क्यम’, ‘किचन गार्डेन’ कृषि हाते पुस्तिका र ‘प्रांगारिक कृषि डायरी’ नामका पुस्तक बजारमा ल्याईसकेका छन्।

Dirghayu Ads
Sana Kishan

नाटककार

रंगकर्मी

लोर्कापण

काँ_जान्छौ_तन्नेरी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.