सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जंगली च्याउ खाँदा एकको मृत्यु, १० बिरामी

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–३, कार्कीडाँडामा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना गम्भीर बिरामी परेका छन्। विषालु च्याउ खाएर ९ वर्षकी निर्मला सिंह ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको चितवनस्थित पूरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

चार वर्षीय विष्णु सिह ठकुरीको आईसियुमा राखि उपचार भैरहेको छ। २४ गते साँझ च्याउ खाँदा एकै स्थानका तीन परिवारका बिरामी परेका हुन्। च्याउ खाएर पुरन खाम्चा, उनकी श्रीमती चन्द्री खाम्चा, निर्मला खाम्चा, प्रेमबहादुर सिंह ठकुरी, दानकुमारी सिंह, सुमन सिंह ठकुरी रहेका छन् । यसैगरी, बिरामी पर्नेमा धनकुमारी सिंह, निशा सिंह र निरुता सिंह ठकुरी रहेको मित्याल प्रहरी चौकीले जनाएको छ । बिरामीलाई नवलपुरको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । नवलपुरको सीमानामा पर्ने सार्कीडाँडा जिल्लाकै दुर्गम गाउँ हो।

शुक्रबार बेलुकी च्याउ खाएका उनीहरु शनिबार अपरान्हबाट बिरामी पर्न थालेका हुन्। वान्ताहुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले बताए । शुक्रबार पानी पर्न लागेको समयमा निस्किएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.