सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

म १७ वर्षीया युवती हुँ । मलाई रात परेपछि बढी उत्तेजना फिल हुन्छ । यद्यपि मलाई विवाहअघि यौनसम्पर्क राख्न डर पनि लाग्छ ।

डा. राजेन्द्र भद्रा हामी सबैलाई थाहा भएकै कुरा हो, यौन उत्तेजना एउटा सामान्य कुरा हो र यो विशेष गरेर तपाईंको जस्तो किशोरावस्थामा तीव्र हुन्छ । दिउँसो अन्य काममा अलमलिए पनि राति एक्लै हुँदा यसले बढी पिरोलेको हुनुपर्छ । आफूमा आउने यौनचाहना र त्यसलाई शान्त पार्न के गर्न हुन्छ, के गर्न हँुदैन जस्तो कुरामा अलमलसमेत हुन सक्छ ।

यसरी तीव्र रूपमा यौन चाहना हुँदा पढाइका साथै, घरका अन्य कामकाजमा मन नजान सक्छ । घरपरिवार अनि समाजले अपेक्षा गरेको कुरामा चाहेअनुसार ध्यान केन्द्रित गर्न सकिँदैन । त्यसबाट एक किसिमको मानसिक द्वन्द्व उत्पन्न हुन्छ जसले चिन्ता र तनाव दुवै थप्छ । यसले पढाइजस्ता काममा बढी नकारात्मक असर पार्छ ।

किशोरावस्थामा यौनसम्पर्कको विकल्प नहुन सक्छ । विवाहपूर्व यो एक किसिमले वर्जित विषय हो । केटासाथी हुँदासमेत यौनसम्पर्क राख्न असजिलो हुने स्थितिमा केटासाथी नहुँदा यो थप गाह्रो कुरा हो । तपाईलाई थाहै हुनुपर्छ कि यस्तो स्थितिमा यौन उत्तेजना शान्त पार्न कतिपय किशोरीले हस्तमैथुन गर्छन् ।
यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय

World Link Ads
Mahakali Polytechnic

विवाह नगरेसम्म यौनसम्पर्क नराख्ने तपाईंको विचारको म सराहना गर्छु, तर त्यसको अर्थ तपाईंले यौन सुख प्राप्तिबाट वञ्चित रहनुपर्छ भन्ने होइन । महिलाहरूले अन्य पुरुषसँगको यौनसम्पर्कबिना पनि यौनआनन्द प्राप्त गर्ने अनेक उपाय छन् । यसका वारेमा छोटकरीमा चर्चा गरौं । विशेष गरेर किशोरावस्थामा यौनचाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो ।

Dirghayu Ads
Sana Kishan

हस्तमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेष गरी यौनअङ्गसम्बन्धी जानकारी प्राप्त गरेपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुनबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन सक्छन् ।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्नेहरू पनि प्रशस्त छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्छन् । किन्सेले गरेको अध्ययनमा सोधिएका मध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाले । पछि गरिएका अध्ययनहरूमा ८२ प्रतिशतसम्म महिलाले आफूलाई हस्तमैथुनको अनुभव भएको बताएका थिए । कान्तिपुर साप्ताहिकबाट साभार
हामी लेखेर दिन्छौ :- पुरुष बिना महिलालाई केही फरक पर्दैन तर,महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ!

यो पनि पढ्नु होस:-हामी लेखेर दिन्छौ :- पुरुष बिना महिलालाई केही फरक पर्दैन तर,महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ! पुरुष र महिलामा को उत्कृष्ट ?समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ?म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।

घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।संसारमा लि· भेद किन भएको होला ?संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ? पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ ?पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

तपाईंले पुरुष र महिला दुवैको जीवन जिउँदा अनुभव गरेको फरकपन ?मलाई भित्रैदेखि महिला हुँ भन्ने अनुभूति हुन्थ्यो तर समाजका लागि जबरजस्ती आफूलाई पुरुषका रूपमा ढाल्न खोज्थें त्यो जटिलता म मात्र अनुभूति गर्न सक्छु । जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिंसा एवं विभेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।पुरुष र महिलाका सम्बन्धमा छुट्टाछुट्टै व्याख्या गर्नु परे तपाईंको परिभाषा के हुनेछ ?महिलाहरू सहनशील, चौतर्फी व्यवस्थापकीय सीप र क्षमतायुक्त, जति नै दबिएर बसे पनि बाहिर आउन सक्ने हुन्छन् । नारीसँग अद्वितीय शक्ति छ–रजस्वला र आमा बन्न सक्ने । नारी शब्द सुन्दर र शक्तिशाली छ जुन आफैं उत्पन्न भएको कुरा होइन, नारीभित्र रहेका विविध क्षमतायुक्त तत्वले बनाएका हुन् । पुरुषलाई म हैकमवादी सोच भएको प्राणी भन्न चाहन्छु जसको सोच कहिल्यै पूर्णरूपमा परिवर्तन हुँदैन थोरै भैहाले पनि केही न केही अंश जीवितै रहन्छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.