
बझाङ्ग जिल्लाको खप्तडमा ५० वर्ष बिताएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारतको कश्मीरमा बस्ने नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विक्रम संवत १९८६मा नेपाल आएका थिए । संन्यास लिनु पूर्व उनि प्रतिभावान् डाक्टर थिए । उनले कलकत्ता स्थित ट्रपिकल मेडिकल कलेजबाट एम. बी. बी.एस. र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए भने काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पश्चात् गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए । उनको धर्म विज्ञान, विचार विज्ञान, म र मेरो कर्तव्य लगायतका झण्डै डेढ दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशित छन भने प्रकाशित हुन नसकेका उनकै हस्तलिखित अरु थुपै कृतिहरू पनि खप्तडबाबाका विभिन्न ठाउँमा बनाइएका मन्दिरहरूमा रहेका छन्। खप्तडबाबाको विक्रम संवत् २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन निधन भएको हो।

Like ————-›› Bajhang Nepal
