प्रादेशीको अर्थबीहीन जिन्दगी
कहादेखी सुरुगरु हामी प्रदेशी जिवनका यथार्त रहस्यमय र कहालिलाग्दा दु:ख मा समर्पित जिन्दगीका यी कुराहरू ..
आखिर प्रदेशीका यी दुःख का पलहरू कस्ले बुझिदिन्छ ??
जन्मदिने आमा , बुवा , श्रीमती, छोरा छोरी , दाजु भाई दिदिबहिनी र आफ्नो प्यारो जन्म भुमी छोडेर आज बिदेश आउन बांध्य छौ !
जतिराम्रो नौकरी जति ठुलो पोस्टमा नौकरी भएपनी अर्काको नौकरी र अर्काको देश मा खल्लो नै लाग्छ !
यहा मरुभुमिको सुनसान शुख्खा बालुवा सरी ओझेल परि निष्कर्ष बिहिन यात्रा जस्को जति प्रसंसा गरेपनि आखिर यो मन भौतारीएकै हुन्छ ! त्यो बिहानिको सुर्यको मधुरता अनि गाउको माया समझि हरेक किसमको लक्ष बोकेर संघर्ष गरिरहेको एकलो प्रदेसी जिवन खै कसरी सम्बोधन गरु सम्बोधन गर्नेखालको सब्दहरु पनि त खोजिराखेको छु , तर बिडम्पना जन्मभुमीको त्यो बाल्यकाल आमाबुवाको काखमा हुर्केका स्मरणिय क्षण र स्कुल पढ्नेबेलाका ती रमाईलापलहरू भुक नलागेपनी आमाले जबजब्ती खाना खिलाएका ती क्षणहरू सायद अब फर्केर त कैलै आउदैन ,
ति बितेका पलहरू आज यो बिदेशको भुमीमा एक्लै बसेर सोच्दा यी आँखाबाट घल घली आँशु का धाराहरू बगिरहन्छन !
प्रदेशी साथिहरू
———————
सायद यस्तो घटना मेरो जिवनमा मात्र नभइ तपाईहरुको पनि यस्तो बिडम्पना हुनसक्छ होला भनार सोचेको छु , किनकि हामि नेपाली एउटा बेरोजगार मुलुक आखिर जिबिकोपार्जन गर्न मुग्लान झर्नैपर्ने परिस्थिती स्वेदसमा जागीर बाट भैतारीएपछि ! परिस्थितिको सिकारमा परेर बाध्यतासित लडिरहेका आदरणिय प्रदेसी मित्रहरु पुन: सम्झने कोशिष गर्दै कलम चलाउने अनुमति माग्न गैरहेको छु सायद अवस्य स्विकार गर्नु हुनेछ भनेर आसा बोकेको छु ?
मेरो विचार धारामा डुब्नलागेको घाम र प्रदेसी जिवन उस्ताउस्तै हुन जस्तो लाग्यो , मनमा हरेक प्रकारका कुराहरु खेलाउदै त्यो आमाबुवाको न्यानो काख, त्यो जनम्भुमी,ति डाँडापाखा अनि साथिभाइहरु समझेर आफ्नो छोराछोरीको उज्जवल भविष्य सोच्दै घरपरिवार खुसी राख्न धन सित आफ्नो जिवन दाउमा राखेर प्रदेशमा संघर्स गरिरहेको प्रदेसी जिवन किन यति गहिराइमा सोच्नुपर्ने हुदोहोला बुझ्नै सकेको छैन !
उदाउदै गरेको सुर्यको तेजिलो किरण संगै ड्युटी जानुपर्ने, अनि मध्यरातिको अर्धनिद्रा दिउसोको 40D घाम ,भौतारीएको मन ,जनमभुमीको सम्झना यस्तैयस्तै हरेक प्रकारका कुराहरु मनमा खेलाउदै आफैलाइ प्रशन गर्छु अनि जवाफ खै कोले दिने मलाइ ?
सोच्छन होला कसैकसैले प्रदेसमा पैसा फल्ने मसिन या रूख हुन्छ होला भनेर तर त्यो मसिन चलाउदा बगेको पसिना त्यो मसिन चलाउदा भोगेको दु:ख कस्ट सायदै कमै बुझ्ने गर्छनहोला किनकि भोगेको जसले भोगेको हुन्छ त्योलाई मात्र थाहा हुन्छ !
एकदुइ छाक टार्नपनि दिनभरी ड्युटी मा पेलिनु पर्छ , मेरो देशमा फिरी (मुफत)मा पाईने पानी यो बिदेशमा प्यास लागेको बेला पानि पिउदासमेत पैसातिरेर प्यास मेटाउनु पर्छ!
गर्मियाममा चिसो हावा समेत पैसा तिरेर पाउछौ इखिर खै त प्रदेसी जिवनको अर्थ?
मित्रहरू आज सबैको फेशबुक पेजमा नेट अन्जालमा LABERDAY को शुभ कामना पोस्टगरेको देखेकोछु तर यहा प्रादेशीको लागी केको LABERDAY ड्युटी नगरी नहुने अवस्था हुन्छ ड्युटी नगए सेठ ले नौकरीबाट निकालि दिन्छ की भन्ने डर हुन्छ !
आखिर यि सबै बिडम्पनाहरु संग संघ्रस गरी केनै मिल्नेहोर ! एकदिन त हामी मरेर जाने हो , मानछेसंग जति पैसा धन सम्पती भएपनी कसैलाई पैसा मा जलाउने हैन नाङ्गै आएका थियौ नाङ्गै गरेर पठाउने हुन ! आखिर यो गरिवको जिन्दगी यो अर्काको देशमा नया बस्त्र लगाएपनि अधुरो निन्द्रा , जतिखाएनि मनमा भोकै कल्पनाहरुमा डुबेर यतितका पलहरु स्मरण गर्दै भुत भबिष्य र बर्तमान सित संघ्रष गरिरहेको प्रदेसी जिवन सायद सबैको यस्तै त होला नि?
— #मनपरेमा_सेयर_गर्नु_होला —–
गणेश सिंह पुजारा परदेशी जीवन देउडा प्रेमी
……………….. #जीन्दगी_को_सफर