सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसईईमा सहभागी विद्यार्थी र प्रहरीबीच झडप, ६ विद्यार्थी पक्राउ

सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवा एसईईमा सहभागी विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

लगातार परीक्षा रद्द भएको भन्दै टायर बालेर प्रदर्शनमा उत्रिएपछि प्रहरी र विद्यार्थीबीच झडप भएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीले शिक्षा समन्वय समितिको कार्यालयमा तोडफोड गर्नुका साथै हरिपुर नगरपालिकाको ना १ झ १६३५ नम्बरको गाडीमा तोडफोड गरी क्षति पुर्‍याएका छन । प्रदर्शनमा उत्रिएका विद्यार्थीले जथाभावी तोडफोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन ६ जना विद्यार्थी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरीले केही बेरअघि ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.