सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२४ करोड पारिश्रमिक लिँदै कंगना बनिन् बलिउडकै सबैभन्दा महंगी अभिनेत्री

बलिउड अभिनेत्री कंगना रनावतले भारतीय राजनीतिज्ञ तथा अभिनेत्री जय ललिताको बायोपिक गर्ने घोषणा गरेकी छिन् ।

कंगना रनावतलाई यस फिल्मका लागि २४ करोड रुपैयाँ पारिश्रमिक अफर गरिएको छ । यससँगै अभिनेत्री कंगना रनावत बलिउड फिल्म उद्योगकै महंगी अभिनेत्री बनेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म निर्माताहरुलाई कंगनामाथि पूर्ण विश्वास भएका कारण उनलाई यति धेरै पारिश्रमिक दिनमा कुनै पनि आपत्ति नरहेको बताइएकाे छ ।

यस अघिका ‘तनु वेड्स मनु’ र ‘क्वीन’ जस्ता फिल्म हिट भएसँगै कंगनाले आफ्नो पारिश्रमिक ११ करोड पुर्‍याएकी थिइन् । तर त्यसपछिका फिल्म ‘सिमरन’ र ‘रंगुन’ फ्लप भएपछि पारिश्रमिक घटाएकी कंगनाले भर्खरै रिलिज भएको फिल्म ‘मणिकर्णिका’ हिट भएपछि फेरि पारिश्रमिक बढाएकी हुन् । बलिउडमा पहिलो पटक एउटा फिल्मका लागि कुनै अभिनेत्रीलाई २४ करोड रुपैयाँ पारिश्रमिक दिइँदैछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस अघि अभिनेत्री दीपिका पादुकोणलाई फिल्म ‘पद्मावत’ का लागि १३ करोड रुपैयाँ दिइएको थियो । यस्तै अभिनेत्री करीना कपूर खानले फिल्म ‘विरे दी वेडीङ’ का लागि ७ करोड रुपैयाँ लिएकी थिइन् भने अहिले उनले आफ्नो पारिश्रमिक बढाएर १० करोड पुर्‍याएकी छिन् । यस्तै हलिउडमा समेत पहिचान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले ६ करोड रुपैयाँ मात्रै लिएकी छिन् ।

Dirghayu Ads

तामिल तथा बलिउड फिल्मकी अभिनेत्री समेत रहिसकेकी जया ललिताको जीवनमा आधारित फिल्म ‘जया’ को निर्देशन एएल विजयले गर्नेछन । यस फिल्मको स्क्रिप्ट ‘बाहुबली’ र ‘मणिकर्णिका’ को कहानी लेखिसकेका लेखक केवी विजयन्द्र प्रसादले लेखेका हुन् ।

यस फिल्मका लागि कंगना भन्दा अभि अभिनेत्री विद्या वालन र ऐश्वर्या राय बच्चनलाई अफर गरिएको थियो । तर अन्त्यमा अभिनेत्री कंगना रनावतले बाजी मारेकी छिन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.