सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘बाहुबली’ प्रभासलाई एयरपोर्टमै थप्पड हानेर भागिन् फ्यान (भिडियोसहित)

मुम्बई। बाहुबली फेम प्रभास आजकाल आफ्नो अर्को फिल्म ‘साहो’ को सुटिङ मा व्यस्त छन् । बाहुबली रिलिज भएको दुई वर्ष बितिसकेको छ । त्यसपछि प्रभासको कुनै फिल्म रिलिज भएको छैन । तर पनि प्रभास मानिसहरुमाझ निकै चर्चित छन् ।

Sana Kishan

प्रभासलाई हालै एयरपोर्टमा देखिएको थियो । उनलाई एयरपोर्टमा देखेर उत्साहित भएकी एक प्रशंसक उनलाई थप्पड नै हानेकी छिन् – तर हल्का तरिकाले । वास्तवमा, ती प्रशंसकले एयरपोर्टमा प्रभासलाई रोकिन् र उनीसँग तस्बिर खिचाइन् । ती प्रशंसक निकै उत्साहित देखिएकी थिइन् । फोटो खिचाएपछि ती प्रशंसकले प्रभासलाई गालमा हल्का तरिकाले थप्पड हानिन् ।

त्यसपछि उनले आफ्नो गाला सुम्सुम्याउँदै अर्का प्रशंसकसँग फोटो खिचाउन थाले । प्रभास र उनकी चुलबुले प्रशंसकको भिडियो भारतीय सोसल मिडियामा पनि निकै चर्चित भइरहेको छ । स्मरण रहोस्, प्रभासलाई ६ हजार विवाह अफर आएको थियो तर उनी अहिले आफ्नो करियरमा केन्द्रीत हुन चाहेको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.