सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रियंकाको रुप देखेर निककी पूर्व प्रेमिकाले गरिन् तारिफ

काठमाडौं। बलिउड नायिका प्रियंका चोपडा जोनस हालै भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा देखिएकी थिइन् । ब्ल्याक एली गाउनमा प्रियंका निकै आकर्षक देखिएकी थिइन् । प्रियंका आफ्ना श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा पुगेकी थिइन् । प्रियंकाको यो लुकले त्यहाँ उपस्थित मानिसलाई मात्र प्रभावित गरेन, निककी पूर्व प्रेमिका माइली साइरस पनि उनीबाट निकै प्रभावित भइन् । २६ वर्षे माइलीले निकसँगको प्रियंकाको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् ।

Sana Kishan

सेलिब्रिटी मेकअप आर्टिस्ट पेटी डुबराफले प्रियंकाको एउटा तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । यसमा माइली साइरसले कमेन्ट गरिन्, ‘सुन्दर । धेरैभन्दा धेरै माया ।’ माइली र निक कुनै बेला प्रेमी प्रेमिका थिए । प्रियंकाको पछिल्लो फिल्म इजन्ट इट रोमान्टिकमा माइलीका पिता लियाम हेम्सवर्थ पनि देखिएका थिए । फिल्मको प्रिमियरपछि प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सबै सहकर्मीलाई ट्याग गर्दै मेसेज पनि लेखेका थिए । उनले यो पोष्टमा माइलीलाई पनि मेन्सन गरेकी थिइन् किनभने माइलीले प्रिमियरमा लियामको प्रतिनिधित्व गरेकी थिइन् ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.