भारतीय अभिनेता अक्षयकुमार केही समय यता सामाजिक चेतनायुक्त चलचित्रमा देखिएका छन् । तर आलोचना गर्नेहरुले उनका यी चलचित्रलाई प्रोपागाण्डा भने पनि उनले सामाजको नजरमा गलत भनिएका कतिपय कुराहरुलाई आफ्ना चलचित्रका कारण सहज बनाइदिएका छन् ।
उनी चुरोटले स्वास्थ्यमा पार्ने असर, ट्राफिक नियमको पालना र सेनेटरी प्याडको प्रयोगसँग सम्बन्धित विज्ञापनमा पनि देखिएका छन् । र केही समय अगाडि मात्र उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
उनले भर्खरै एक ‘च्यारेटी इभेन्ट’मा एकसय नयाँ दुलहीहरुलाई एक/एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् । उनी एक सामुहिक विवाहमा गएका थिए । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नवीसको उपस्थितिमा लगभग एकसय गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले विवाह गरेका थिए । अक्षय उनीहरुलाई आशिर्वाद दिन त्यहाँ पुगेका थिए ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
समाचार स्रोतका अनुसार उनले त्यहाँ गएर आशिर्वाद मात्र दिएनन्, आर्थिक समस्याबाट ग्रसित सबै एक सय नव-विवाहित जोडीलाई उनीहरुको वैवाहिक जीवनको सुरुवाती दिनहरु खुशियालीसँग बितून् भन्दै एक/एक लाख भारतीय रुपैयाँ पनि दिने घोषणा गरे ।
अक्षय कुमारको यस निर्णयको भारतीय मिडियामा खुबै प्रशंसा गरिएको छ ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)