सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अरबाजसँग डिभोर्सको अघिल्लो रात के भएको थियो ? मलाइकाले पहिलो पटक खोलिन् रहस्य

एजेन्सी। अरबाज खान र मलाइका अरोडाको सम्बन्धविच्छेद बारे अत्यधिक चर्चा थियो । आखिर बलिउडका यी सबैभन्दा सफल भनिएका जोडीले किन सम्बन्धविच्छेद गरे, त्यसबारे मानिसहरु जान्न निकै उत्सुक थिए । अब मलाइकाले आफैंले यसबारे करिनाको रेडियो शो ‘ह्वाट वुमन वान्ट’मा गरेकी छिन् । मलाइकाले सम्बन्धविच्छेदको एक दिनअघिको घटनाबारे जानकारी दिएकी छिन् ।

Sana Kishan

मलाइकाले सम्बन्धविच्छेदको एक दिन अघि पूरा परिवारसँगै बसेको बताइन् । उनले भनिन्, ‘मलाई परिवारमा ‘के तिमी शतप्रतिशत पक्का छौ ?’ भनेर सोधिँदै थियो । उहाँहरु ती व्यक्ति हुनुहुन्थ्यो जसले मेरो चिन्ता गर्नुहुन्थ्यो र निश्चित रुपमा उहाँहरुले यस्तै गर्नुहुन्छ । ‘सबैजनाले भन्नुभएको थियो कि यदि तिम्रो यही निर्णय छ भने हामीलाई तिमीमा गर्व छ । मलाई उहाँहरुले अलग प्रकारको बल दिनुभयो जसको मलाई आवश्यकता थियो ।’ उनले यति लामो वैवाहिक सम्बन्धलाई समाप्त गर्न त्यति सजिलो नभएको स्वीकार गरिन् ।

‘यो साँचो हो कि कुनै व्यक्तिका लागि सम्बन्धविच्छेद पछि अघि बढ्न सजिलो हुन्छ । तर म खुसीलाई प्राथमिता दिने व्यक्ति हुँ । जब एक जोडी सँगै बसेर खुसी हुन सक्दैनन् भने उनीहरुको बच्चाको लागि यस्तो वातावरण निकै घातक हुन्छ’ उनले बताईन् । अरबाज खान र मलाइका अरोडाको विवाह सन् १९९८ मा भएको थियो । यी दुईका एक छोरा पनि छन् । सन् २०१७ मेमा अरबाज र मलाइकाले सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदपछि मलाइकाको नाम अर्जुन कपुरसँग जोडिएको छ भने अरबाजलाई जर्जिया एन्ड्रियानीसँग देखिन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.