सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘लुट न सके लुट’को समर्थनमा ‘देश निकाला गर’ गीत फेसबुकमा भाइरल (भिडियो)

काठमाडौं । राजनीतिक दबावपछि पशुपति शर्माले भ्रष्टाचार विरोधी गीत ‘लुट्न सके लुट कान्छा’ युट्युबाट हटाएका छन्। युट्युबबाट हटेपछि यो गीतको चर्चा झन चुलिएको छ।
सिर्जनात्मक अभिव्यक्तिमाथि लोकतान्त्रिक सरकारले अंकुश लगाएको भनेर सामाजिक सञ्जालमा विरोध भइरहेको छ। उक्त बिषयले आज संसदमा समेत स्थान पायो।
https://youtu.be/misDb-Z2k6M

Sana Kishan

प्रतिनिधि सभाको बैठकमा आज सत्तारुढ नेकपा र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच गीतका विषयमा जुहारी चल्यो।
सामाजिक सञ्जालमा आईरहेका  विभिन्न प्रतिक्रिया  केही उनको गीतको विपक्षमा पनि छन्। तर, अधिकांशले गीत हटाउन बाध्य पारिएको घटनाको विरोध गरेका छन्।
सरकारको अप्रत्यक्ष दबाबबाट गीत हटेको भन्दै कर्णालीका कलाकारहरुले पशुपति शर्माको समर्थनमा गीत गाएका छन्।
उनीहरुले ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ बोलमा लोक लयको गीत गाएका हुन् । यो गीतले फेरि सामाजिक सञ्जाल तताएको छ। हेर्नुहोस यो गीत DcNepal बाट
https://youtu.be/misDb-Z2k6M

https://youtu.be/misDb-Z2k6M

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.