सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिहे गरेका रणवीर सिंहले भ्यालेन्टाइन्स डेमा राखी सावन्तलाई आई लभ यू’ भने पटि उनले बनाइन् रणबिरको नामको ट्याटू

बलिउडकी कन्ट्रोभर्सी क्वीनको रुपमा परिचित राखी सावन्त चर्चामा आउनका लागि बेलाबेलामा सामाजिक सञ्जालमा केही न केही गरिरहेकी हुन्छिन् ।

राखीले चर्चामा आउनकै लागि यतिबेला फेरि यस्तो काम गरेकी छिन् जसका कारण उनी सामाजिक सञ्जालमा छाइरहेकी छिन् । अभिनेता रणवीर सिंहले केही दिनअघि उनको फिल्म ‘गली ब्वाय’ को प्रमोशनको एक कार्यक्रममा राखी सावन्तलाई ‘आई लभ यू राखी’ भनेका थिए ।

यसका साथै रणवीरले राखी सावन्तलाई रकस्टार पनि भनेका थिए । रणवीरले यस्तो भनेपछि राखी सावन्तले त्यसको बदलामा यस्तो काम गरेकी हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आखिर राखीले किन गरिन यस्तो ?

Dirghayu Ads

राखीले रणवीर सिंहको नामको ट्याटू बनाउँदै गरेको भिडियो उनको इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । साथै उनले रणवीरले आफूलाई रकस्टार भनेका कारण उक्त ट्याटू उनलाई उपहार स्वरुप बनाएको भनेकी छिन् ।

उनले रणवीरले आफूप्रति देखाएको मायाका लागि रणवीर सिंहलाई धन्यवाद पनि दिएकी छिन् । राखी सावन्तले रणवीर सिंहलाई भ्यालेन्टाइन्स डे को शुभकामना दिँदै दीपिकासँग माफी पनि मागेकी छिन् । साथै उनले रणवीर दीपिकाको पति मात्रै नभएर सबैको रकस्टार भएको बताएकी छिन् । राखीको यस किसिमका व्यवहारले रणविर सिंहसँग केही महिना अघि विवाह गरेकी अभिनेत्री दिपिका पादुकोण पनि हैरान हुन सक्छिन् ।

जोया अख्तरको निर्देशन तथा रणवीर सिंह र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म ‘गली ब्वाय’ आज अर्थात फेब्रुअरी २ मा रिलिज भएको छ । फिल्म रिलिजसँगै यस फिल्मलाई दर्शक तथा फिल्म समिक्षकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.