सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित कमेडियन ब्रह्मानन्दमको मुटुको अप्रेशन, अलु अर्जुनले भेटे

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हाँस्यकलाकार हुन् ब्रह्मानन्दम । उनको हालै भारतको मुम्बईमा मुटुको अप्रेशन भएको छ ।

छाति दुख्ने समस्या देखिएपछि अस्पताल पुगको उनको डाक्टरहरुले अप्रेशन गर्नुपर्ने बताएका थिए । यसपछि उनको अप्रेशन भएको छ ।

भर्खरै अप्रेशन गरिएका ब्रह्मानन्दमलाई अर्का दक्षिण भारतीय अभिनेता अलु अर्जुनले भेटेका छन् । भेटपछिको तस्वीर उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै आफू ब्रह्मानन्दमको फ्यान भएको बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अलु अर्जुन र ब्रह्मानन्दमले कैयौं फिल्ममा साथै काम गरेका छन् । उनलाई भेटेपछि अलु अर्जुनले लेखेका छन्, ‘वास्ताविक आइरन म्यान, एक बलियो हृदय भएका मानिस । रमाइलो र निडर , मेरा किलबिल पाण्डेलाई देखेर निकै खुशी भएको छु । लभ ब्रामी ।’

Dirghayu Ads

ब्रह्मानन्दमको हार्टको सर्जरी एशिय हार्ट सेन्टरका डाक्टर रमाकान्त पांडाले गरेका हुन् । ब्रह्मानन्दमको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता छ । यो रेकर्ड २००७ मा एकै भाषामा ७०० भन्दा धेरै फिल्ममा अभिनय गरेकोमा दर्ता गरिएको हो ।

उनले तीन दशकको फिल्मी करिअरमा १००० भन्दा धेरै फिल्ममा काम गरेका छन् ।

ब्रह्मानन्दम एक फिल्ममा काम गर्नका लागि एक करोड भारु लिन्छन् । ब्रह्मानन्दम यति चर्चित छन्की साउथका हरेक दुई वा तीन फिल्म मध्ये एकमा उनी देखिन्छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.