Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चमपुरमा समुदाय विपद् स्वयंसेवक तालिम सफलतापूर्वक सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ८, २०८२
कञ्चमपुरमा समुदाय विपद् स्वयंसेवक तालिम सफलतापूर्वक सम्पन्न
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे. क्चा. शैलेश्वरी कञ्चनपुर र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। दोधारा चाँदनी नगरपालिका विपद्को उच्च जोखिममा रहेको क्षेत्र भएकाले यहाँका बासिन्दालाई विपद्को सामना गर्न सक्षम बनाउने उद्देश्यले यो विशेष तालिम आयोजना गरिएको थियो।

तालिममा दोधारा चाँदनी नगरपालिकाका १५ जना नगर प्रहरी र १२ जना युवा उत्थानशील समूहका सदस्यहरू गरी कुल २७ जनाले सक्रिय सहभागिता जनाएका थिए। आइतबार एक विशेष कार्यक्रमका बीच तालिमका प्रशिक्षकहरू र सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरी तालिमको समापन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे. क्चा. शैलेश्वरी कञ्चनपुरका गणपति लोकेन्द्र देव भट्टका अनुसार, यो तालिम विपद् व्यवस्थापनका विभिन्न पाटोहरू समेट्ने गरी डिजाइन गरिएको थियो। उहाँका अनुसार सहभागीहरूलाई प्रकोप र विपद्बारे विस्तृत जानकारी, विपद्का बेला अपनाउनुपर्ने सावधानी, विपद् न्यूनीकरणका उपायहरू, विपद् पूर्वतयारी योजना निर्माण, प्राथमिक उपचार विधि, घाइतेलाई सुरक्षित स्थानान्तरण, सीपीआर (CPR) दिने तरिका, प्राथमिक उपचार सामग्रीको प्रयोग, आगलागी नियन्त्रण, बाढीमा परेका मानिसको उद्धार, फायर फाइटिङ, र्याफ्टिङ र क्लाइम्बिङ लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथी तथा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिए। उनले यस्ता तालिमले विपद्को जोखिम कम गर्न र प्रतिकार्यका लागि सक्षम जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख एवम् कार्यक्रमका सभाध्यक्ष किशोर कुमार लिम्बुले आफ्नो सम्बोधनमा नगरपालिकाको भौगोलिक अवस्था र त्यसबाट उत्पन्न हुने चुनौतीहरूबारे प्रकाश पारे। उहाँले भन्नुभयो, “हाम्रो दोधारा चाँदनी नगरपालिका महाकाली र जोगबुढा नदीको कटान र डुबानको उच्च जोखिममा रहेको छ। हरेक वर्ष वर्षायाममा यी नदीहरूले ठूलो क्षति पुर्याउने गरेका छन्, जसले गर्दा यहाँका बासिन्दाको जनजीवन अस्तव्यस्त बन्ने गरेको छ।” नगर प्रमुख लिम्बुले यस्ता तालिमको आवश्यकतामाथि जोड दिँदै यस्ता तालिमले स्थानीय समुदायलाई विपद्को सामना गर्न र सुरक्षित रहन थप सशक्त बनाउने बताए। यस तालिमबाट प्राप्त ज्ञान र सीपले यहाँका बासिन्दालाई विपद्का बेला आफ्नो र अरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्नेछ उहाँको भनाई रहेको छ। साथै उहाँले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा सीप विकासका कार्यक्रमहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तालिममा सहभागी दोधारा चाँदनी नगरपालिकाकी नगर प्रहरी सरिता सुनारले यस तालिमबाट आफूहरूले विपद्को समयमा कसरी काम गर्ने भन्नेबारे महत्वपूर्ण ज्ञान र सीप प्राप्त गरेको बताइन्। उनले यसले आफ्नो र आफ्नो समुदायको सुरक्षामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

तालिमले दोधारा चाँदनीमा विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ, जसले भविष्यमा आउन सक्ने कुनै पनि विपद्को सामना गर्न स्थानीय समुदायलाई अझ बढी तयार बनाउनेछ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३
दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल
देश/राष्ट्रिय

दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

जेष्ठ २९, २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

जेष्ठ २९, २०८३
क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

जेष्ठ २९, २०८३
विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व