काठमाडौं । चीनमा आयोजना हुने बेल्ट एन्ड रोड शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। मंगलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरिएको हो।
टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविण, अलिशा कुमारी यादव र तिर्सना विश्वकर्मा रहेका छन्।

यू–१९ महिला विश्वकपको तयारीका लागि नेपाली टोलीले नोभेम्बर ३ देखि ८ तारिखसम्म चीनमा शृंखला खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी हुनेछन्।
नेपालले नोभेम्बर ३ मा थाइल्यान्डसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ। त्यसपछि चीन र हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ।











Discussion about this post