काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
पोखराले यस सिजनको पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रनेछ। यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो।
हिजो भएका खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले र कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएका थिए।
प्रतियोगितामा आठ टोली सहभागी छन्। तेस्रो संस्करणको एनपीएल आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।










Discussion about this post