Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ २५, आईतवार १८:२०
कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका -३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वेदकोट नगरपालिका ७ र ८ मा अवस्थित श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई ३० वटा कुर्सी र फलफूल सहयोग गरेको छ। विद्यालयले ‘संस्कारसहितको शिपयुक्त शिक्षा’ भन्ने आफ्नो नारालाई व्यवहारमा उतार्दै यो उदाहरणीय कार्य गरेको हो।

यस सहयोग कार्यमा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूलाई समेत सहभागी गराइएको थियो। विद्यार्थीहरूले वृद्धाश्रममा पुगेर वृद्धवृद्धाहरूलाई सम्मान गर्दै सामग्री हस्तान्तरण गरेका थिए।

विद्यालयका प्रिन्सिपल दिजराज भट्टका अनुसार, यो सहयोग रकम विद्यालयले आयोजना गरेको होली कार्यक्रमबाट संकलन गरिएको थियो। उहाँले भन्नुभयो “वृद्धाश्रममा कुर्सीको आवश्यकता रहेको जानकारी पाएपछि हामीले सहयोग गर्ने निर्णय गर्‍यौं,” प्रिन्सिपल भट्टले थप्नुभयो। “यो सहयोगले हामीलाई मात्र होइन, हाम्रा विद्यार्थीहरूलाई पनि आफ्ना आमाबुवाको सेवा गर्नुपर्छ, जीवित भगवान्‌रूपी आमाबुवालाई सम्मान गर्नुपर्छ र वृद्धाश्रममा छोड्नु हुँदैन भन्ने महत्त्वपूर्ण सन्देश दिन सफल भएका छौं।”

विद्यालयका संस्थापक हर्कबहादुर धामीले विगत ४० वर्षदेखि शिक्षा क्षेत्रमा लागेको र यस्तो सामाजिक कार्यमा संलग्न हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउनुभयो। उहाँले महाकाली मोडर्न पब्लिक स्कुलले विगतमा पनि अनाथालय र वृद्धाश्रमहरूमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कक्षा १० की छात्रा प्राश्ना विष्टले वृद्धाश्रमको यो भ्रमणले आफूलाई बुवाआमाको महत्त्व र उहाँहरूलाई माया गर्नुपर्ने सिकाइ भएको बताइन्। “विद्यालयले गरेको यस सहयोगले वृद्धाश्रमलाई निकै सहज हुनेछ,” उनले भनिन्।

महाकाली मोडर्न पब्लिक स्कुलले ‘संस्कारसहितको शिपयुक्त शिक्षा’ प्रदान गर्ने आफ्नो लक्ष्यलाई साकार पार्न विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको छ। विद्यालयमा गायन र नृत्यका कक्षा सञ्चालन, हरेक शुक्रबार ‘ब्याग फ्रि’ नीति, शिक्षकहरूका लागि नियमित तालिम, उत्कृष्ट शिक्षकलाई मासिक पुरस्कार र विद्यार्थीहरूलाई हरेक महिना फिल्ड भिजिट जस्ता नौलो विधिहरू अपनाइएका छन्। यी प्रयासहरूले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै व्यावहारिक र सामाजिक शिक्षा प्रदान गर्न मद्दत पुर्‍याएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न
कन्चनपुर

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ जेष्ठ २५, आईतवार १८:२०
वेदकोट नगरपालिकामा नगरस्तरीय उत्थानशील युवा सञ्जाल गठन
कन्चनपुर

वेदकोट नगरपालिकामा नगरस्तरीय उत्थानशील युवा सञ्जाल गठन

२०८२ जेष्ठ २५, आईतवार १८:२०
सर्ट फिल्म ‘न्याय’ सार्वजनिक
कन्चनपुर

सर्ट फिल्म ‘न्याय’ सार्वजनिक

२०८२ जेष्ठ २५, आईतवार १८:२०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपाले संसदीय समिति सभापतिका उम्मेदवार टुङ्ग्यायो, लेखा समितिको सभापति कांग्रेसले पाउने

२०८२ जेष्ठ २५, आईतवार १८:२०
मेयर बालेन शाहद्वारा ४ वटा समितिका संयोजकलाई पुरानै जिम्मेवारी

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह सूचीकृत

२०८२ जेष्ठ २५, आईतवार १८:२०
कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट अलपत्र ४६ जना नेपालीको उद्धार

२०८२ जेष्ठ २५, आईतवार १८:२०
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

२०८२ जेष्ठ २५, आईतवार १८:२०
निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

निर्वाचन पराजयपछि एमाले समीक्षा चरणमा, पार्टी पुनर्गठनको तयारी

२०८२ जेष्ठ २५, आईतवार १८:२०
पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

पुनर्वासको परासनमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, मनसुन अघि नै सक्ने तयारी

२०८२ जेष्ठ २५, आईतवार १८:२०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व