Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणस्थलका १०९ रुख गायब

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ७, २०८२
कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणस्थलका १०९ रुख गायब
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१, चाँदनी गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माणका लागि छपान गरिएका १०९ रुख गायब भएका छन्। ४२ हेक्टर क्षेत्रफलमा निर्माणाधीन यो बन्दरगाहका लागि गत वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई पटक (भदौ र माघमा) जिपिएस प्रविधिबाट रुख छपान गरेको थियो। तर, कटान आदेशअघि नै १,७०२ रुखमध्ये १,५९३ मात्र भेटिएको निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी पुरुषोत्तम बाग्लेले बताए। उनका अनुसार ४० रुख र ६९ पोल गायब भएका छन्।

निकुञ्जले सामुदायिक वनसँग स्पष्टीकरण माग्दा, सीमा क्षेत्रमा चोरी–तस्करी, नजिकैको मसानघाटमा अन्त्येष्टीका लागि सुकेका रुख प्रयोग भएको वा रातको समयमा बन्यजन्तुको आवागमन र गस्ती अभावमा तस्करी भएको हुन सक्ने जवाफ प्राप्त भएको बाग्लेले बताए। निकुञ्जले ९२ क्युफिट काठसहित तीन जनामाथि कारबाही अघि बढाएको छ भने अन्य तस्करमाथि पनि कारबाही हुने उनको भनाइ छ।

स्थानीय नरेन्द्र लुहारले यस्तो ठूलो योजनामा सयौं रुख गायब हुनु मिलेमतोबिना सम्भव नभएको भन्दै विस्तृत छानबिनको माग गरेका छन्। उनले भरियालाई मात्र पक्राउ गरेर नहुने र मुख्य योजनाकारमाथि कारबाही आवश्यक रहेको बताए। यता, गौरीशंकर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष दामोदर भट्टले निकुञ्जले नै छपान गरेको र रुख गायब भएको भनाइप्रति आश्चर्य व्यक्त गर्दै कुनै बदमासी नभएको दाबी गरे। दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पनि रुख गायब भएको विषयमा गहिरो छानबिनको आवश्यकता औंल्याए। स्थानीयले बाँकी रुख कटानअघि तस्करीको छानबिन गर्न माग गरेका छन्, नत्र काटिएका रुखको काठमा पनि अनियमितता हुने आशंका व्यक्त गरेका छन्।

नेपाल इन्टरमोडेल यातायात विकास समितिले गत वैशाखदेखि रुख कटान शुरू गरेको हो। सुक्खा बन्दरगाह निर्माण १८ जेठ ०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको समझदारीअनुसार अघि बढेको हो। भारतले एकीकृत चेकजाँच चौकी (आइसिपी) निर्माण गरिदिने र आफ्नोतर्फको संरचना बनाइसकेको छ। यो बन्दरगाह ०६४ मा तत्कालीन मन्त्री लेखराज भट्टको पालामा प्रस्तावित भई ०६६ मा निर्माण निर्णय भएको थियो। सुरुमा दोधारा–चाँदनी–७, कञ्चनभोजमा बनाउने भनिए पनि स्थानीय विवादले चाँदनी–१ मा सारिएको हो। १८ वर्षपछि काम अघि बढ्दा स्थानीय हर्षित भए पनि रुख गायब प्रकरणले चिन्ता थपिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

साउन २३, २०८३
ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

साउन २३, २०८३
विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

साउन २३, २०८३
पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व