Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सेवा र विकासका लागि युवाद्वारा शैक्षिक सामग्री वितरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २, २०८२
सेवा र विकासका लागि युवाद्वारा शैक्षिक सामग्री वितरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

सरिता चन्द, कैलाली । सेवा र विकासका लागि युवा नामक संस्थाले विभिन्न जिल्लाका विपन्न तथा शैक्षिक सहायता आवश्यक भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।

संस्थाले २०७९ फागुनदेखि गत चैत्र मसान्तसम्म विभिन्न चरणमा यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।संस्थाका अनुसार बागलुङ, बर्दिया, झापा, काठमाडौं, कास्की, लमजुङ, महोत्तरी, मकवानपुर, पाल्पा, पर्वत, रौतहट र सुनसरी जिल्लाका गरी २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

यसैगरी, संस्थाले विद्यार्थीहरूलाई नेतृत्व विकास, कम्प्युटर प्रशिक्षण, कृषि तथा बैंक सञ्चालन, विभिन्न सीपमूलक तालिम, सरसफाइ र अन्य जीवनोपयोगी विषयमा समेत तालिम प्रदान गरेको छ।

हालै सम्पन्न शैक्षिक सामग्री वितरण तथा क्षमता विकास कार्यक्रम–२०८२ को दोस्रो चरण अन्तर्गत २९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। जसमा मुख्यतया उदयपुर, पर्सा, रूपन्देही, सुनसरी, धादिङ, दोलखा, सुर्खेत, डोटी, बाँके, नवपरासी, तनहुँ लगायतका १३ वटा जिल्लाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू रहेका छन्।

कार्यक्रममा झोला, कापी, कलम, ज्यामिति बक्स, प्राविधिक शिक्षाको पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो।उक्त शैक्षिक सामग्री वितरण तथा क्षमता विकास कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, समाजसेवी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सेवा र विकासका लागि युवाका अध्यक्ष डा. देवेन्द्र कण्डेलले शिक्षाको महत्व र विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने संस्थाको उद्देश्यबारे प्रकाश पारे। भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने उनले बताए।कार्यक्रममा संस्थाका सचिव खगेन्द्र बहादुर क्षेत्री र संयोजक प्रकाश शर्माले पनि आफ्नो भनाइ राखेका थिए।

कार्यक्रमको अन्तमा सहभागी विद्यार्थीहरूले शैक्षिक सामग्री पाएकोमा खुसी व्यक्त गर्दै संस्थालाई धन्यवाद दिएका थिए। सेवा र विकासका लागि युवाले आगामी दिनमा पनि शिक्षा र युवा विकासका क्षेत्रमा थप सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३
ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन
Uncategorized

ओल्के पर्व : मौलिकता, विशिष्टता, इतिहास र सांस्कृतिक जीवनदर्शन

भदौ १, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी
Uncategorized

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३
मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

भदौ १०, २०८३
परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

भदौ १०, २०८३
प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व