Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २७, २०८२
अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न
0
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

कैलाली। अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले भक्त राज जोशीलाई सर्वसम्मत रूपमा प्रदेश अध्यक्षमा चयन गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा अधिवेशन संयोजक वीरेन्द्र धामीको सभापतित्व रहेको थियो।

औपचारिक सत्रपछि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले पत्रकारहरूलाई साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो। उक्त अभिमुखीकरण कार्यक्रममा अनलाइन पत्रकारितामा साइबर सुरक्षाको महत्त्व र चुनौतीबारे गहन छलफल भएको थियो।

अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसमा भक्त राज जोशी अध्यक्ष, अंकित उप्रेती वरिष्ठ उपाध्यक्ष, खेम राज जोशी उपाध्यक्ष, टीकाराम साउद महासचिव, माधव पौडेल सचिव र सरिता चन्द कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर सदस्यमा चुनिएका छन्।

त्यसैगरी कञ्चनपुर जिल्लाको संयोजकमा प्रकाश भट्ट र कैलालीको संयोजकमा दीपक रावल चयन भएका छन्।

अधिवेशन संयोजक वीरेन्द्र धामीले नयाँ समितिले सुदूरपश्चिममा अनलाइन पत्रकारिताको विकास, पत्रकारहरूको हित र पेशागत मर्यादाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले अधिवेशनको सफलताका लागि सबैको सहयोगप्रति कृतज्ञता समेत प्रकट गर्नुभएको छ।

नवनिर्वाचित अध्यक्ष भक्त राज जोशीले अनलाइन पत्रकारितालाई जिम्मेवार, विश्वसनीय र व्यवस्थित बनाउन आफ्नो टिम प्रतिबद्ध रहेको बताउनुभयो। “पत्रकारहरूको क्षमता अभिवृद्धि, साइबर सुरक्षामा जोड र पेशागत हकहितका लागि निरन्तर काम गर्नेछौँ,” उनले भने, “सुदूरपश्चिमको पत्रकारितालाई नयाँ उचाइमा पुर्‍याउन हाम्रो प्रयास रहनेछ।”

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पत्रकार, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनले अनलाइन पत्रकारिताको भविष्य र चुनौतीबारे समेत गहन विमर्श गरेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम
Uncategorized

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

जेष्ठ ३०, २०८३
मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”
Uncategorized

मध्यपूर्व युद्धको असर विश्वभर: अर्थतन्त्र संकटतर्फ, विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न
Uncategorized

बैजनाथमा जलवायु परिवर्तन सम्बन्धी सिकाइ साझेदारी बैठक सम्पन्न

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

बैतडीका भट्टले गणितलाई खेलसँग जोडेर बनाए ‘नम्बर ब्रेन’ मोबाइल गेम

जेष्ठ ३०, २०८३
भायानेटको वाईफाई ६ र ViaTv अफर

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व