Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ८, २०८२
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिहानको खाजा स्वादिष्ट र पोसिलो हुनुपर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजा स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण छ ।

पोसिलो खाजाले दिनभरको लागि पर्याप्त ऊर्जा त दिन्छ नै मेटामोलिजम पनि बढाउँछ । यसले ब्लड सुगर र मोटोपना नियन्त्रण गर्न मद्दत गर्छ । साथै स्वास्थ्य र संज्ञानात्मक कार्यमा सुधार्छ । त्यसैले सबैले दैनिक रूपमा बिहानको खाजा खानुपर्छ ।

फोब्र्समा छापिएको समाचारका अनुसार बिहानको खाजा नखाँदा धेरै स्वास्थ्य समस्या निम्तिन्छ । यसले तनाव, थकान, मोटोपना र मधुमेहको जोखिम पनि बढाउन सक्छ । बिहानको खाजा छाड्दा भोक लाग्ने हर्माेनहरू अलमलमा पर्छन् । जसका कारण दिनभरि के खाऊँ के खाऊँ भएर धेरै खाइन्छ । त्यसैले आहारविद् र पोषण विज्ञहरू सधैँ सही समयमा नास्ता गर्न सल्लाह दिन्छन् । अब कुरा गरौँ बिहानको खाजा खाने उपयुक्त समयबारे । हरेक व्यक्तिले बिहान उठेको २ घण्टाभित्रै खाजा खाइसक्नु पर्छ । उठेपछि जति चाँडो बिहानको खाजा खाइयो त्यति नै मेटाबोलिज्मको लागि राम्रो हो ।

सजिलो भाषामा भन्ने हो भने तपाई बिहान ५ बजे उठ्नु हुन्छ भने बिहान ७ बजेभित्र खाजा नास्ता खानुपर्छ । यदि तपाईँ ७ बजे उठ्नुहुन्छ भने, तपाईँले ९ बजेसम्म नास्ता गरिसक्नु पर्छ । बिहान सधैँ जिम जानुहुन्छ भने, तपाइँको कसरत गर्नु भन्दा २०–३० मिनेट पहिले केरा वा एभोकाडो टोस्ट जस्ता हल्का खानेकुरा खानु राम्रो हुन्छ । आफ्नो शरीरले केहि नखाई वा नपिई राम्रोसँग कसरत गर्न सक्छ भन्ने लाग्छ भने वर्कआउट गरिसकेर खाजा नास्ता खान सकिन्छ । बिहान छिट्टै अफिस जानु छ वा जानु हुन्छ भने पनि सही समयमा ब्रेकफास्ट गर्ने प्रयास गर्नुस् ।

अब कुरा गरौँ बेलुकाको खाना खाने उपयुक्त समयको बारेमा । सुत्नु भन्दा कम्तीमा २/३ घन्टा अघि रातको खाना खानुपर्छ । बेलुकीको खाना रातिको १० बजे वा त्योभन्दा अगाडि खाँदा बढी फाइदाजनक हुन सक्छ । यसो गर्नाले, शरीरले खाना पचाउन पर्याप्त समय पाउँछ । सुत्दा हाम्रो मेटाबोलिक दर सुस्त हुन्छ । खाना खाएपछि तुरुन्तै सुत्ने गर्दा अपचको समस्या हुनसक्छ । सही समयमा बिहानको खाजा र बेलुकाको खाना खाने हो भने हाम्रो शरीरमा कम बोसो जम्ने र कयौं रोगहरूबाट बच्न सकिन्छ भनेर हालै भएको एउटा अध्ययनले देखाएको थियो । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व