Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कुन ड्राई फ्रुट भिजाएर खाने, सिधै खाँदा के हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ८, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

ड्राई फ्रुट पोषक तत्त्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ । यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ जस्ता थुप्रै माइक्रोन्युट्रियन्ट्स हुन्छन् जसले शरीरलाई ऊर्जा दिन्छ र सधैँ स्फूर्त रहन सहयोग गर्छ । तपाईंले बिहान ड्राई फ्रुट खानुभयो भने दिनभरि ऊर्जावान् रहनु हुनेछ । तर ड्राई फ्रुटलाई भिजाएर खाने कि सिधै खाने भन्ने धेरैको प्रश्न रहन्छ । त्यसैले आज हामी तपाईंलाई भिजाएको ड्राई फ्रुट फाइदाजनक हो कि सुख्खा भन्ने बारे जानकारी दिँदै छौँ ।

सुख्खा कि भिजाएको ?

ड्राई फ्रुटलाई पानीमा भिजाउँदा यसमा भएको फायटिक एसिडको तत्त्व कम हुन्छ । फायटिक एसिड पेटका लागि निकै हानिकारक छ । भारतकी क्लिनिकल डायटिसियन शिखा कुमारीले बताए अनुसार धेरैजसो ड्राई फ्रुट्समा ओमेगा ग्री फ्याटी एसिडका साथै एसेन्सियल नेचुरल तत्त्व जस्तै आइरन, प्रोटिन, क्याल्सियम र जिंक पाइन्छ । यी तत्त्वलाई शरीरले त्यतिबेला अवशोषण गर्छ जब यो भिजेको अवस्थामा हुन्छ । अर्थात्, यदि बदाम भिजाइन्छ भने यसमा भएका पोषक तत्त्व बढी प्राप्त गर्न सकिन्छ । यस्तै, भिजाएको बदाममा फायटिक एसिड हुँदैन । यो फायटिक एसिड अपचको कारण बन्न सक्छ । त्यसैले भिजाएको बदामले पाचन प्रणालीलाई बलियो बनाउँछ । यसका साथै भिजाएको बदाममा टेनिन पनि हुँदैन । यसले गर्दा बदामको स्वाद पनि बढ्छ ।

यी ड्राई फ्रुटलाई भिजाएर खाँदा बढी फाइदाजनक

१. बदाम

टाइम्स अफ इन्डियाको खबर अनुसार बदामलाई ६ देखि ८ घण्टा भिजाएपछि मात्रै खानुपर्छ । यसो गर्दा बदाममा भएका सबै शक्ति शरीर भित्र प्रवेश गर्नेछ । बदाममा भिटामिन इ, एन्टिअक्सिडेन्ट्स र एसेन्सियल ओयल भरपुर मात्रामा पाइन्छ । पानीमा भिजाएपछि यसको फायटिक एसिड गायब हुन्छ । यो मुटुका लागि निकै स्वस्थ हुन्छ ।

२. ओखर

ओखरलाई पनि भिजाएर खानुपर्छ । ओखरमा विभिन्न खालका फ्याटी एसिड, प्रोटिन र विभिन्न खालका मिनरल्स पाइन्छन् । तौल घटाउनका लागि ओखरको सेवन निकै फाइदाजनक हुन्छ । यसलाई दूध पा सफा पानीमा भिजाएर खानुपर्छ ।

३. किसमिस

किसमिस नरम हुन्छ तरपनि यसलाई भिजाएर खाँदा बढी फाइदाजनक हुन्छ । किसमिसको प्रभाव तातो हुन्छ त्यसैले यसलाई भिजाएर खाँदा यसको गर्मीको असर कम हुन्छ । यस्तै भिजाएको किसमिस पेटका लागि पनि निकै फाइदाजनक हुन्छ ।

४. अंजिर

अंजिरको प्रभाव पनि तातो हुन्छ । यसमा फाइबरको मात्रा प्रशस्त हुन्छ । यसमा फ्याट हुँदैन र कार्बोहाइड्रेटको मात्रा पनि सन्तुलित हुन्छ । त्यसैले यसले कोलेस्ट्रोललाई कम गर्छ । ड्राई फ्रुटमध्ये अंजिर असाध्यै शक्तिवर्धक हुन्छ । तर यसलाई पानीमा भिजाएर खाँदा बढी फाइदा मिल्छ । यसले रक्तचापलाई समेत नियन्त्रण गर्छ ।

५. खजुर

खजुर यसै पनि चिपचिपे हुन्छ त्यसैले धेरैले यसलाई यत्तिकै खान्छन् तर यदि तपाईं यसलाई दूध वा पानीमा भिजाएर खानुहुन्छ भने यसले शरीरलाई थुप्रै गुणा फाइदा प्रदान गर्छ । खजुरमा अर्गानिक सल्फर पाइन्छ जसले मौसमी फ्लुलाई कम गर्छ । यसका साथै यसले मुटु रोग र नसा सम्बन्धी रोगमा निकै फाइदा दिन्छ । थाहा खबर बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व