Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राति किन धेरै खोकी लाग्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १४, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाडो मौसममा रुघाखोकीको समस्या सामान्य हुन्छ । चिसो मौसममा जता हेर्‍यो, मानिसहरू रुघाखोकीले ग्रस्त भइरहेको देखिन्छ।

रुघाखोकीको समस्याबाट छुटकारा पाउनका लागि मानिसहरूले धेरै उपाय अपनाउने गर्दछन् । रुघाखोकीबाट ग्रसित भएका मानिसहरू दिनभर बिना कुनै समस्या काम गरे पनि राति भने खोकीले धेरै सताउन थाल्छ । खोकीका कारण धेरैजना राति सुत्न समेत सक्दैनन् ।

आखिर राति खोकीको समस्या किन बढी हुन्छ ? के यसको पछाडि कुनै चिकित्सा कारण छ?
चिकित्सकहरू पनि राति खोकीको समस्याले बढी सताउने बताउँछन्। शरीरको अवस्था र वातावरणमा आएको परिवर्तनका कारण रातमा यो समस्या बढ्छ । जब हामी सुत्छौँ, हाम्रो शरीरको अवस्था परिवर्तन हुन्छ, जसले श्वासप्रश्वास प्रणालीमा थप दबाब दिन्छ। चिसो हावा र राति हावा सुक्खा हुनाले पनि खोकी बढाउन सक्छ। यस समयमा श्वासनली बढी सुन्निने, जलन हुने वा जाम हुने हुँदा खोकीको समस्या बढ्छ ।

चिकित्सकका अनुसार सुत्ने बेलामा घाँटीमा कफ जम्न सक्छ, जसका कारण घाँटीमा असहजता महसुस हुन्छ र खोकी लाग्न थाल्छ । यो समस्या सामान्यतया रुघाखोकी, फ्लू वा एलर्जीको कारणले हुन्छ। दमका बिरामीले पनि राति बढी खोकीको सामना गर्नुपर्ने हुन्छ ।

जब शरीर आराम मोडमा हुन्छ, श्वासप्रश्वास प्रणालीमा जलन बढ्छ, जसले खोकी बढाउँछ। ग्यास्ट्रोएसोफेगर रिफल्क्स डिजिज पनि राति खोकी बढ्नुको मुख्य कारण हुन सक्छ। धुलो वा धुवाँ जस्ता एलर्जी भएका मानिसहरूलाई पनि राति खोकी लाग्छ।

राति खोकीबाट कसरी राहत पाउने ?

यसबारे चिकित्सकले राति मनतातो पानी पिउनाले रुघाखोकीबाट राहत पाउन फाइदा हुने बताए । यसले घाँटीलाई शान्त पार्छ । अझ मनतातो पानीमा मह र अदुवा मिसाएर पनि पिउन सक्नुहुन्छ ।

राति हावा सुख्खा हुन सक्छ, जसले घाँटीलाई अझ सुकाउँछ। यस्तो अवस्थामा कोठामा आर्द्रता कायम राख्न ह्युमिडिफायर प्रयोग गर्नुहोस्, यसले घाँटी र श्वासप्रश्वास प्रणालीमा हुने जलनलाई कम गर्छ र खोकीबाट राहत दिन्छ। रुघाखोकी बढ्दै गएमा सिरानीको सहाराले टाउको अलि माथि राखेर सुत्ने प्रयास गर्नुहोस्।

यदि तपाईँको खोकी एलर्जीसँग सम्बन्धित छ भने एलर्जीको कारणबाट बच्ने प्रयास गर्नुपर्ने विज्ञहरूले बताएका छन् । कोठामा धुलो र धुवाँबाट बच्न एयर प्युरिफायर प्रयोग गर्नुहोस्।

यदि सबै उपायहरू गर्दा पनि रुघाखोकीको समस्याबाट मुक्ति मिल्दैन र रुघाखोकी एक साताभन्दा बढी रह्यो भने यस्तो अवस्थामा डाक्टरसँग परामर्श गरी आफ्नो जाँच गराउनुपर्छ। चिकित्सकको सल्लाहबमोजिम औषधि वा सिरप सेवन गर्नुहुँदैन । कहिलेकाहीँ खोकी केही रोगको लक्षण पनि हुन सक्छ, यस्तो अवस्थामा चिकित्सकले यसको सही कारण बताउन सक्छन्। रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व