सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किशोरीलाई यौन दुर्व्यवहारविरुद्ध प्रतिकारात्मक तालिम

बझाङ, माघ १९ । बझाङमा बालिका माथि हुने यौन दुब्र्यावहार विरुद्ध प्रतिकारात्मक प्रशिक्षण तालिम शनिबार देखि जिल्लाको सत्यवादी माविमा सुुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको उक्त तीन दिने प्रशिक्षण कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले उद्घाटन गरेका हुन् ।

प्रशिक्षण तालिममा किशोरी तथा महिलाहरुलाई यौन जन्य हिंसामा परेका बेला कसैले यौन दुब्र्यवहार गरेमा त्यसका लागि मानसिक तथा शारिरिक रुपमा शशक्त भएर कसरी प्रतिकार गर्ने भन्ने उदेश्यले तालिमको आयोजना गरिएको सामाजिक मन्त्रालयकी महिला विकास अधिकृत जयन्ती गिरीले बताइन् ।

उनले भनिन्–‘कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले नेपाली महिलाहरुलाई एउटा पाठ सिकाएको छ । जसका कारण महिलाहरुले आफ्नो आत्म रक्षाका लागि प्रतिकारात्मक सिप सिक्नु र कानुनि उपचार जान्नु जरुरी छ ।’ तालिमले महिलाहरुलाई मानशिक रुपमा थप आत्मबल पुग्ने प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।

Mahakali Polytechnic

उनले भने–‘बझाङ जिल्लामा पछिल्लो समयमा महिला माथि हुने यौन जन्य हिंशाहरु बढ्दै जान थालेकोमा यस तालिमले महिलाहरुलाई थप सहयोग मिल्छ ।’

World Link Ads

तीन दिनसम्म संचालन हुने उक्त तालिममा सत्यवादी माविका एक सय जना छात्राहरुको सहभागिता रहने छ । सामाजिक विकास मन्त्रालयले यस अघि पनि कैलाली, बैतडीलगायतका जिल्लाहरुमा पनि महिलाहरुलाई यौन दुब्र्यवहारविरुद्ध प्रतिकारात्मक तालिम दिएको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.