कञ्चनपुर । एक पोलिपाईप उत्पादक कम्पनीले कञ्चनपुर प्लम्बरसंग सद्भाव कार्यक्रम सम्पन्न गरेको छ छ । बाँके नेपालगञ्जको स्टार पोलिपाइप इन्डष्ट्रिज प्रालिले कञ्चनपुरमा प्लम्बरसंग भेट एव सद्भाव कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच प्लम्बर सद्भाव भेट कार्यक्रम आरम्भ गरिएको जनाएको छ ।
स्टार पोलिपाईप इन्डष्ट्रिज प्रालिका सेल्स अफिसर विमल खत्रीले विभिन्न ब्रान्डका पोलिपाइप बारे वितरण कम्पनीदेखि प्लम्बर मजदुरसँग छलफल गरेको बताए । खत्रीले कम्पनीबाट उत्पादित पाइप पश्चिम नेपाल सहितका विभिन्न जिल्लामा आपूर्ति हुँदै आएको बताए ।
कार्यक्रममा स्टार पोलिपाइप इन्डष्ट्रिज प्रालिका नेशनल सेल्स अफिसर दिनेश राज विष्टले स्टार पोलिपाइप इन्डष्ट्रिज प्रालिबाट उत्पादित पोलिथिन पाइप राम्रो प्रभावकारी भएकाले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा प्रदानमा जोड दिएका छन् । कार्यक्रममा जिल्लाका सयौँ प्लम्बर मजदुरलाई कार्य झोला सहितका सामाग्री र न्यु नटबोल्ट हार्डवेयरका सञ्चालक भुवन कुमाललाई मोबाइल वितरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विनय ग्रुपका प्रतिनिधि बिरेन्द्र धामीले स्टार पोलिपाइप इन्डष्ट्रिज प्रालिले उत्पादन गरेका पाइप गुणस्तरीय भएकाले प्रभावकारी रुपमा उपभोक्ताहरूलाई प्रदान जोड दिए ।
कञ्चनपुरका प्लम्बर मजदुरहरूले कम्पनीबाट उक्त कार्यक्रमले कार्य क्षेत्रमा थप उर्जा थपिदिएको बताएका छन । उनीहरूको आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालनमा सुझाव दिएका छन ।