Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सानै उमेरदेखि धेरै स्क्रिन हेर्दा आउन सक्छ समय अगावै यौवनावस्था

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ३, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सानै उमेरदेखि स्क्रिनमा धेरै समय बिताउँदा समय अगावै यौवनाअवस्था आउन सक्ने एउटा अध्ययनले देखाएको छ । मुसामा गरिएको एउटा अध्ययनले यस्तो देखाएको हो । अध्ययनका अनुसार कम उमेरदेखि नै स्क्रिनमा धेरै समय बिताउँदा समयपूर्व यौवनावस्था आउने सम्भावना छ ।

यो अनुसन्धानले स्मार्टफोन वा ट्याब्लेटबाट निस्कने नीलो प्रकाशको सम्बन्ध हड्डीको तीव्र वृद्धि र हड्डीको र हड्डीको उमेरमा वृद्धिसँग देखाएको छ । लिभरपुलमा युरोपेली सोसाइटी फर पेडियाट्रिक इन्डोक्राइनोलजीको ६२ औँ वार्षिक बैठकमा यो अनुसन्धानको प्रतिवेदन पेस गरिएको थियो ।

हड्डीको वृद्धि र यौवनावस्थाको विकासबिचको सम्बन्ध पत्ता लगाउने यो पहिलो प्रतिवेदन हो । ‘नीलो प्रकाशले कसरी शारीरिक वृद्धि र विकासलाई असर गर्छ भनेर देखाउने यो पहिलो अध्ययन हो ।’

टर्कीको गाजी विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा.आयलिन किलिंक उगुरलुले भने । अध्ययनले बालबालिकाको विकासमा आधुनिक स्क्रिनको प्रभावबारे थप अनुसन्धान गर्न आवश्यक रहेको यसले देखाएको पनि उनी बताउँछन् । यो अध्ययन मुसाहरूमा गरिएको हुनाले यी निष्कर्ष मानव बच्चाहरूमा लागू हुनेछन् भनेर निश्चित हुन नसक्ने उनी बताउँछन् ।

तर आफूहरूले सङ्कलन गरेको आँकडाले लामो समयसम्म नीलो प्रकाशको सम्पर्कमा रहँदा शारीरिक विकास र परिपक्वता दुबैमा तीव्रता आउने र जसका कारण समय अगावै यौवनाअवस्था देखिने देखाएको उनले बताए । बच्चाहरू ठुला हुँदा उनीहरूमा फिमरजस्ता लामा हड्डीहरू बन्छन् ।

केटीहरू १४ देखि १६ वर्षको उमेरबिचमा आफ्नो अधिकतम उचाइमा पुग्छन् भने केटाहरूमा १६ देखि १८ वर्ष उमेरको बीचमा वृद्धि पूरा भइसक्छ । तर यस अध्ययनले केटी र केटाहरू दुवैमा समय अगावै यौवनावस्थाको सङ्केत गरेको छ । नीलो प्रकाश उत्सर्जन गर्ने उपकरणहरूको बढ्दो प्रयोग यसको एक कारण हुनसक्ने उगुरलू भन्छन् ।

यो अध्ययन २१ दिन उमेरका १८ पुरुष र १८ पोथी मुसामा गरिएको थियो । यिनीहरूलाई ६/६ वटाको तीन समूहमा विभाजन गरिएको थियो । यौवनको पहिलो लक्षण नदेखिँदा सम्म यिनीहरूलाई ६ घण्टा सामान्य प्रकाश चक्र वा १२ घण्टाको नीलो प्रकाशको सम्पर्कमा राखिएको थियो ।

टोलीले मुसाको लम्बाइ र फिमर नापेर नीलो प्रकाशमा परेका मुसाका हड्डीहरू छिटो बढेको पत्ता लगाए । यसको मतलब तिनीहरूका हड्डीहरू धेरै चाँडो परिपक्व हुँदै गए जसले गर्दा वयस्कहरूको रूपमा तिनीहरू लम्बाई औसतभन्दा कम हुनसक्छ । यस विषयमा थप अध्ययन गर्नुपर्नेमा उगुरलूले जोड दिएका छन् । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व