Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिनहुँ चिसो पानीले नुहाउँदा लाभ वा हानी के हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ३०, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

धेरै मानिसहरू चिसो पानीले नुहाउन मन पराउँछन् । यस्तो गर्नु कयौँको दिनचर्या नै पनि हुन्छ ।

चिसो पानीले नुहाउने सम्बन्धमा मानिसहरूको फरक फरक धारणा हुन सक्छ । कोही चिसो पानीले नुहाउनु हुँदैन भन्छन् भने कोही चिसो पानीले नुहाउनुका फाइदा अचम्मका छन् भनेर पनि भन्छन् ।

चिसो पानीले नुहाउनु स्वास्थ्यवर्धक बानी भए पनि आफ्नो शरीरको अवस्था र मौसम अनुसार यसलाई अपनाउनुपर्छ । नियमित रूपमा चिसो पानीले नुहाउनु हुन्छ भने तपाईँको प्रतिरक्षा प्रणाली बलियो हुनुपर्छ अनि चिसो र रुघाखोकीबाट बच्नेबारे सावधान पनि रहनुपर्छ । हरेक दिन चिसो पानीले नुहाउनुका फाइदा वा बेफाइदा के के छन् ? तपाईँलाई थाहा छ ?

चिसो पानीले नुहाउँदाका फाइदाहरू:

शारीरिक ऊर्जामा वृद्धि

चिसो पानीले शरीरलाई ऊर्जा प्रदान गर्न मद्दत गर्छ । चिसो पानीले नुहाउँदा रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ, जसले ताजापन र ऊर्जा दिन्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

नियमित रूपमा चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई ज्वरो, चिसो र अन्य रोगसँग लड्न मद्दत गर्छ ।

मानसिक स्वास्थ्यमा सुधार

चिसो पानीले नुहाउनु मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले तनाव र चिन्ता कम गर्छ र मानसिक स्पष्टता बढाउँछ ।

छाला र कपालका लागि फाइदाजनक

चिसो पानीले छालालाई कसिलो र चम्किलो बनाउँछ । कपालको क्यूटिकल बन्द गरेर यसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।

तौल घटाउन मद्दत गर्छ

चिसो पानीले नुहाउँदा शरीरको मेटाबोलिजम बढ्छ, जसले तौल घटाउन मद्दत गर्छ ।

चिसो पानीले नुहाउँदाका लाभहरू मात्रै छैनन् । यसका केही नकारात्मक असरहरू पनि छन् । जुन यस प्रकार रहेका छन्:

चिसो र फ्लूको जोखिम

चिसो पानीले नुहाउँदा रुघाखोकी र फ्लू जस्ता रोगहरूको जोखिम बढ्छ । विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूले चिसो पानीमा नुहाउँदा रुघा खोकीले समाती हाल्छ ।

पिसाबको समस्या

कतिपयलाई चिसो पानीले नुहाउँदा पिसाबको समस्या समस्या हुन सक्छ ।

पीडा र मांशपेशी बटारिने

चिसो पानीले नुहाउँदा केहीलाई मांसपेशी दुखाइ वा बटारिने समस्या हुन सक्छ । खासगरी पहिलादेखि नै कुनै चोट वा समस्याबाट पीडित भएकाहरूलाई यसले थप पीडा दिन सक्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

भारी वर्षाको सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अशोज ८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व