सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीनपा १८ गोबरैयामा रामलिला शुरु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैयामा रामलिला शुरु भएको छ । सोमबारदेखि गोबरैयामा रामलिला शुरु भएको हो ।

निङ्गलाशैनी जगन्नाथ रामलिला समितिको आयोजनामा यस बर्षपनि गोबरैयामा रामलिला संचालन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले रामलिलाको उद्घाटन गर्दै धर्म, संस्कृति कला र राम भगावनको व्यवहार कार्यान्वयनका लागि रामलिला महोत्सव फलदायी बनाउनुपर्नेमा जोडदिए । विशिष्ट अतिथि भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले पालिकाबाट समाजिक कार्यका लागि रामलिला समितिलाई सहयोग गर्ने बचन दिईन ।

निङ्गलाशैनी जगन्नाथ रामलिला समितिका अध्यक्ष एबम् रामलिला आयोजक समितिका संयोजक निरञ्जन प्रसाद भट्टले रामलिलाको औपचारिक रुपमा शुरु भएको बताए । उनका अनुसार गोबरैया ०७१ मा २८ वर्षपछि पहिलो पटक रामलिला आयोजना गरिएको थियो । त्यसलाई निरन्तरता दिदँै यस वर्ष पनि सोमबार देखि रामलिला संचालन गरिएको अध्यक्ष भट्टले बताए । अध्यक्ष भट्टले रामलिलाबाट सामाजमा नैतिकता र सदाचारको सन्देश फैलाउन उदेश्यले रामललिला संचालन गर्न लागेको बताए ।

‘रामलिलामा बसुधैब कुटुम्बकमको मूल मन्त्र हुन्छ, समाजलाई जोड्न, सामाजिक एकता कायम राख्न, विकृति, विसंगति, अपराध अन्त्य गर्न, नैतिकता र सदाचारको खडेरी परेको बेला त्यसलाई बचाउन रामलिलाबाट नैतिकता र सदाचारको सन्देश प्रवाह भएर टेवा पुग्छ, संयोजक भट्टले भने,‘यसबाट सत्यको जित र असत्यको हार हुने सन्देश जान्छ, रामको विजय र रावणको मृत्यु हुनु नै सत्यको जित र असत्यको हार हो भन्ने सन्देश जान्छ ।’ रामलिलाबाट हुने आम्दानीबाट केही नयाँ समाजिक कार्य थालनी गरिने जनाईएको छ । दशैँ लगत्तै गाँउमै रामलिला संचालन भएपछि स्थानीय हर्षित भएका छन।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds