कञ्चनपुर – छिमेकी मुलुक भारतका दुई प्रदेशसँग खुला सीमा जोडिएको कञ्चनपुरमा विगत बषौँ देखि चोरी तस्करी भइरहन्थ्यो । विगतमा भन्सार, सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सेटिङ् मिलाएर तस्कर समुहले भारतबाट करोडौँका समान रातारात नेपाल भित्राउँथे । तर, अहिले तस्करको यो अवैध सेटिङ्ग, गैर कानुनी धन्दा सशस्त्र प्रहरीले तोडिएको छ ।
जिल्लाका सीमावर्ती क्षेत्रमा उपस्थिति विस्तार गरिरहेको सशस्त्र प्रहरीले अवैध भन्सार राजस्व चोरी छली मानव तस्कर, लागू औषध ओसारपसारका गैर कानुनी गतिविधि नियन्त्रण एव समान बरामद गर्दै आएको छ । अवैध समान भन्सार चलान र लागू औषध तस्कर, मानव तस्कर प्रहरीमा चलान गर्न सकृयता देखिएको छ । पछिल्ला चार वर्षमा सशस्त्र प्रहरीले राजस्व सङ्कलन उल्लेख्य प्रगति हासिल गरेको छ ।
कञ्चनपुरको स्थिति सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३५ गण शैलेश्वरीको तथ्याङ्क अनुसार पछिल्ला चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढि राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष ०८०-०८१ मा ४ करोड ७६ लाख, ७९ हजार ४०७ रुपैया बराबरको राजस्व सङ्कलन गरेको उक्त अवैध समान बरामद गरेर भन्सार चलान गरेको हो ।
आर्थिक वर्ष ०७७-०७८मा ४ करोड १३ लाख, ३२ हजार ९९०, आर्थिक बर्ष ०७८-०७९मा २ करोड ७० लाख, ११ हजार ७८५, आर्थिक वर्ष ०७९-०८०मा ३ करोड, २३ लाख, १५ हजार ५७७ रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । गत आर्थिक वर्ष ०८०-०८१मा भारतबाट गैर कानुनी रुपमा भन्सार राजस्व चोरी छली गरेर नेपालमा समान भित्राउने, तस्करी गर्ने मानिस समेत पक्राउ परेका थिए । त्यस अघि समान मात्रै बरामद गर्ने प्रचलन भएपनि यस पटक सशस्त्र प्रहरीले तस्करीमा संलग्न मानिसपनि पक्राउ गरेर कारबाही गर्न थालेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले भन्सार चोरी तस्करी विरुद्धमा सुन्य सहनशीलता नीति अनुरूप जहाँ तस्करी त्यही अन दी सर्पोटमा एक्सनमा उत्रिएर कारबाही गरिएको बताए । सशस्त्र प्रहरी कञ्चनपुरका एसपी चन्दले गत आर्थिक वर्षमा अवैध समान मात्रै नभई चोरी तस्करीमा संलग्न मानिस समेत पक्राउ गरिएको बताए । एपीएफका एसपी चन्दका अनुसार गत आर्थिक वर्षमा चोरी तस्करीमा संलग्न १ टिप्पर भ्यान, १ बुलेरो र ८० मोटरसाइकल समेत बरामद गरिएका छन् ।
सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी छली गर्ने तस्कर गिरोह मात्रै नभई लागू औषध एव मानव तस्कर समेत पक्राउ गरेको छ । लागू औषध सहित २१ र मानव ओसारपसारमा संलग्न २० महि ला, १७ पुरुष गरी ३७ मानिस पक्राउ गरेर थप कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ । सशस्त्र प्रहरीका एसपी चन्दले कञ्चनपुरको कमान्ड सम्हालेपछि बिओपीपतिदेखि जिल्लाभरीका सम्पूर्ण सशस्त्र प्रहरीका कर्मचारी एव अधिकृतलाई तस्करसँग कुनै हिमचिम होइन, धमाधम अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन जारी गर्दै आएका छन । तस्कर विरुद्धमा निर्मम भएर काम गर्न निर्देशन दिएपनि कुनै सशस्त्र प्रहरीले तस्करसँग अवैध बार्किनिङ्ग, साँठगाँठ एवम् संलग्न भएको पुष्टि भए सो सशस्त्र प्रहरी कर्मचारी अधिकृतलाई कार्बाहीको चेतावनी दिदै आएका छन् ।
चोरी तस्करी विरुद्धमा सशस्त्र प्रहरीले सकृयता देखाएकै कारण राज्यको करोडौँ रकम राजस्व चोरीछलीबाट जोगिर्दै आएको छ । सीमावर्तीका स्थानीय नागरिकले समेत हरेक वर्ष समयमा सशस्त्र प्रहरीले मातृभूमिक रक्षादेखि राजस्व चोरीतस्करी, सीमा क्षेत्रमा हुने मानव, लागू औषध तस्करी जस्ता गतिविधि निर्मम रुपमा नियन्त्रण गर्नुपर्नेमा सुझाव दिर्दै आएका छन् ।