कञ्चनपुर – कञ्चनपुरको एक दम्पत्तीले वैवाहिक बर्षगाँठका दिन सामुदायिक बनमा बृक्षारोपण गरेका छन् ।
भीमदत्त नगरपालिका -०४ महेन्द्रनगरका धन सिंह धामी दम्पत्तीले भिमदत्त नगरपालिका -०३ मा रहेकाे श्री शहिद स्मृति सामुदायिक उपभोक्ता समुह बनमा बृक्षारोपण गरेका हुन् ।
आईतबार १५ औँ बर्षमा प्रवेस गरेको अवसर पारेर धामी दम्पत्तीले सामुदायिक बनको कार्यालय परिसरमा विभिन्न फलफुलका बिरुवा रोपेको बताएका छन् । १४ बर्षअघि धनसिह धामी र सावित्री पाली वैवाहित जिवनमा बाँधिएका थिए ।
धामी दम्पत्तीले कौसिमा बृहत ड्रागनखेती समेत गर्नुको साथै निशुल्क फलफुलको बिरुवा वितरण गर्ने गरेर चर्चा कमाएका छन् ।
वनमा रक्तचन्दन, श्रृखण्ड, अग्रउड, ड्रागनफल, शितलचिनिको बिरुवा रोपेको धामीले बताएका छन्। बर्ष गाँठमा फजुल खर्च गर्नु भन्दा केही समाजिक सृजनात्मक काम गर्न प्रयास गर्न उक्त कर गरेको उनको भनाइ रहेको छ ।
बृक्षारोपणमा धामी दम्पत्ती सहित सामुदायिक वनका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायत स्थानिय समेत सहभागि भएका थिए ।