खाली नराख यो दिल सपना सजाइ राख
बन्जर नराख यौवन सकभर सवारी राख
यात्री नमिल्न सक्छन् उस्तै सधैं सफरमा
जस्ता रहरहरू छन् आफ्ना सम्हाली राख
हिस्सा परेछ सायद बोक्नु छु जिन्दगीभर
खुसी लैजाऊ तिम्रा तडपन मलाई राख
एक्का लुकाइ रानी चल्छौ अचम्म लाग्छ
जित्छौ भने यो बाजी सङ्गै खेलाडी राख
त्यो प्रेमको निसानी बोकेर जाऊ पञ्जर
प्रामाण खोज्न थाले कोहि त साक्षी राख
खै औषधी कहाँ छ कस्तो मल्हम बनाए
घायल हुँदा सम्हाल्ने बनाएर साथी राख
लेखक- धर्मानन्द भट्ट
https://youtu.be/J1E-sY5Zo7A?si=_LwtxlQ6gUQOM7xO









Discussion about this post