Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका विभिन्न ठाउँमा निर्माण भईरहेका जैविक तटबन्धको अनुगमन

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १०, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरका विभिन्न ठाउँहरूमा जैविक तटबन्ध निर्माण भईरहेका छन्।  जिल्लाको पुनर्वास नगरपालिका -०७ परासन, पुनर्वास -०९ सिताबस्ति र शुक्लाफाँटा नगरपालिका -०३ पिलपाडी, शुक्लाफाँटा -०२ रानिपुर र शुक्लाफाँटा -११ कलुवापुर लगायतका ठाउँहरूमा जैविक तटबन्ध निर्माण भइरहेका छन्।

आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाको अवधारणा अन्तर्गत नेपाल राष्ट्रिय समाज कल्याण कञ्चनपुर (एनएनएसडब्लुए) र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा जिल्लाको दोदा र सुनबरा नदी जलाधार प्रभावित (अति संकटासन्न) क्षेत्रहरूमा जैविक तटबन्ध निर्माण भइरहेका हुन्।

निर्माण भईरहेका जैविक तटबन्धहरूको स्थलगत अनुगमन गरिएको छ। पुनर्वास नगरपालिका -०७ परासनमा ३०० मिटरमा निर्माण भइरहेका र पुनर्वास -०९ सिताबस्तिमा २०० मिटरमा निर्माण भइसकेको जैविक तटबन्धको बुधबार स्थलगत अनुगमन गरिएको हो।

अनुगमनमा नेपाल राष्ट्रिय समाज कल्याण कञ्चनपुरका (एनएनएसडब्लुए)  अध्यक्ष माया सार्की, कार्य समिति सदस्य रोशनलाल चौधरी, जनताको तटबन्ध कार्यक्रमका कार्यालय प्रमुख प्रसाद शाह र ई. अरुण कुमार शाह तथा पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर वोकटी, ई. भान सिंह धामी, विपद् व्यवस्थापन शाखा प्रमुख ओम नाथ ढकाल, रोजगार सेवा केन्द्रका प्राविधिक र रोजगार सहायकको लगायतको सहभागिता रहेको थियो।

दोदा नदी कटानी रोकथाम तथा न्यूनिकरण गर्न पुनर्वास नगरपालिका सँगको सहकार्यमा एमरेड परियोजना अन्तर्गत वडा नम्बर -०९ सितावस्ती समुदायमा २०० मिटर र वडा नम्बर -०७ परासन समुदायमा ३०० मिटर (५०० मिटरमा निर्माण भईरहेको जैविक तटबन्ध जैविक तटबन्ध) निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। बुधबार अनुगमन पश्चात नेपाल राष्ट्रिय समाज कल्याण कञ्चनपुर (एनएनएसडब्लुए) ले तटबन्ध निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको हो। आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले पछिल्लो समयमा जैविक तटबन्ध उत्तम विकल्पको रुपमा लिइने गरेको एनएनएसडब्लुए कञ्चनपुरका अध्यक्ष माया सार्कीले बताउनुभयो।

पुनर्वास -०७ परासन शिवशक्ती समुदाय विपद् व्यवस्थापन समितिका सचिव बनवारी रानाले प्रदेश सरकारसँग ढुङ्गाको तटबन्धका लागि धेरै प्रयास गरे पनि प्रयास असफल भएको बताए।प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पुर्याएको र सिता वस्ती समुदायले थोरै लगानीमा स्थानीय श्रोत साधन प्रयोग गरेर कटानि रोक्न सफल देखिएकाले परासनका स्थानीयले पनि तटबन्ध निर्माणको काम थालिएको बताएका छन्। त्यसैगरी पुनर्वास -०९ सितावस्ती समुदाय विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम परियारले विगतदेखि नै वर्षाको समयमा जमिन कटानी भएर किसानलाई अप्ठ्यारो भइरहेको बताउँदै जैविक तटबन्ध निर्माण भएको हुँदा यस वर्षदेखि राह मिल्ने विश्वास व्यक्त गरे। साथै उनले एनएनएसडब्लुए, मर्सिकोर नेपाल र पुनर्वास नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।

पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख ओम नाथ ढकालले जैविक तटबन्ध निर्माण पश्चात स्थानीयलाई सजिलो हुने बताएका छन्। उनले भने ‘विगत लामो समयदेखि यहाँका स्थानीय मारमा थिए, जैविक तटबन्धले बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरण गर्न सहयोग गर्छ र किसानहरूलाई सहज हुन्छ।’

शुक्लाफाँटा नगरपालिकामा पनि सुनवरा नदीले तिव्र रुपमा कटानी गरिरहेको र भविष्यमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनिकरण गर्नका लागि चालु आर्थिक वर्ष ०८/८१ मा छनोट भएको योजना वमोजिम शुक्लाँफाटा -०२ रानिपुर, शुक्लाँफाटा -०३ पिपलाडी र शुक्लाँफाटा -११ कलुवापुर समुदायमा ३०० मिटर जैविक तटबन्ध निर्माण कार्यले तिव्रता पाएको एनएनएसडब्लुए कञ्चनपुरले जनाएको छ। तटबन्ध निर्माणमा शुक्लाफाँटा नगरपालिका र जनताको तटबन्ध कार्यालयको समेत सहयोग रहेको एनएनएसडब्लुए कञ्चनपुरका अध्यक्ष माया सार्कीले जानकारी दिनुभएको छ।

त्यसैगरी शुक्लाफाँटा -११ कलुवापुरका समुदाय विपद् व्यवस्थापन समितिका अध्यक्ष तिलक सुनारले अरू तटबन्ध भन्दा जैविक तटबन्ध बढी प्रभावकारी रहेको बताउँदै शुक्लाफाँटा -११ मा पनि तटबन्ध निर्माण कार्यले तिव्रता पाएको बताएका छन्। त्यसैगरी शुक्लाफाँटा -११ का स्थानीय सुन्तली सुनारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीयहरूले समेत काम पाएकोमा आफूहरू खुसी भएको बताइन्।

त्यसैगरी जनताको तटबन्ध कार्यक्रमका प्रमुख प्रशाद शाहले जनताको तटबन्ध कार्यक्रम अन्तर्गत दोदा नदि पर्ने बताउँदै स्थानीय निकाय, एनएनएसडब्लुए र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा तटबन्ध निर्माण भइरहेको बताउनुभयो। साथै बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि जैविक तथा अजैविक स्रोत (बाँस, पलाष्टिक वोरा, स्याउला, बालुवा र मानवीय श्रोत) को उच्चतम् प्रयोग गरेर जग्गा कटानी रोक्नका लागि जैविक तटबन्ध भरपर्दो व्यवस्था रहेको उनको भनाई रहेको छ।

तटबन्धनको स्थायित्व तथा बलियोपना बढाउन, बाढीको पानी सहन गर्न सक्ने तथा छिटै हुर्कने लियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका जातका बिरुवाहरू लगाउनुपर्ने एनएनएसडब्लुए एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो। साथै उनले उक्त ठाउँका स्थानीहरूलाई तटबन्धनमा लगाइएको बिरुवाबाट दोहारो फाइदा लिन समेत स्थानीय भूबनौट र हावापानी सुहाउँदो जातका बिरुवा रोप्नुपर्ने सुझाव समेत दिएका छन्। परियोजनाले समुदायलाई प्राविधिक एवम् आर्थिक सहयोग पनि गर्ने उनको भनाई रहेको छ।

एमरेड परियोजनाले बाढी प्रभावित समुदायहरूमा विपद् जोखिम न्यूनिकरण  तथा आर्थिक विकासका क्षेत्रमा सहयोग पुर्याउनुका साथ साथै स्थानीय खेतीलाई समेत प्रवर्द्धन गर्दै आइरहेको छ। परियोजनाले चिनीमिल र कृषि विकास शाखासँगको सहकार्यमा बाढी प्रभावित समुदायहरूमा दोहोरो लाभका लागि उखु खेती र बगरमा तरकारी खेतीको प्रवर्द्धन तथा विकास गर्न उन्नत जातको बीउमा सहयोग, रोप्ने प्रविधि विकास र आधुनिक कृषि औजारमा सहयोग गर्नुका साथसाथै वातावरण मैत्री विद्युतीय उखुको जुस व्यवसायमा समेत सहयोग गर्दै आएरहेको छ। जसको परिणाम स्वरुप बगर तथा नदी किनारमा उखु खेती मार्फत बाढी नियन्त्रणमा सहयोग पुग्नुका साथसाथै स्थानीयको आम्दानीमा समेत बृद्धि भएको छ ।

 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व