सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतमा भएको तेक्वान्दो खेलमा सिल्भर मेडल प्राप्त गरेर फर्किएका कुवँरको वडाले गर्यो स्वागत

कञ्चनपुर – भारतको चन्दिगढमा भएको ४८ केजी तेक्वान्दो खेलमा सिल्भर  मेडल प्राप्त गरेर फर्किएका भीमदत्त -१३ का समिर कुवँरलाई स्वागत तथा सम्मान गरिएको छ। भीमदत्त -१३ ले आइतबार सिल्भर  मेडल विजेता कुँवर उनका कोच श्याम सिह चौसिर लाई वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै स्वागत तथा सम्मान गरेको हो।

भीमदत्त -१३ का वडा अध्यक्ष रामचन्द्र बोहराले सिल्भर  मेडल विजेता कुवँरलाई बधाई दिँदै उनले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको बताएका छन्। ‘खेलाडीहरू धेरै छन्, अवसर र उपयुक्त ट्रेनिङ नमिलेर पछाडि परिरहेका छन्’, उनले भने ‘चापयुक्त अवसर र ट्रेनिङ मिल्ने हो भने अझै खेलाडीहरू आउँछन् र नेपाललाई विश्वसामु चिनाउँछन्।’  साथै उनले विजेता कुवँरका कोच श्याम सिह चौसिर प्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा अन्य खेलाडीहरूलाई यसैगरी विश्वसामु चिनाउन सफल हुने गरि ट्रेनिङ दिने विश्वास व्यक्त गरे। 

Mahakali Polytechnic

भीनपा -१३ का वडा सदस्य दीपक बहादुर बुढाले राज्यले खेलाडीहरूमा पर्याप्त लगानी गर्नुपर्ने बताएका छन्। त्यसैगरी वडा सचिव हर्क बहादुर धामीले राज्यले खेलाडिहरूमा पर्याप्त लगानी गर्न सके अझै अन्तर्राष्ट्रिय स्तरमा नेपालका खेलाडीहरू पुग्न सक्ने बताए । सिल्भर  मेडल विजेता कुवँरले वडा कार्यालयले गरेको स्वागत र सम्मानले थप हौसला प्रदान भएको बताएका छन्। 

World Link Ads

 

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.