सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्क एजुकेसन फाउन्डेसनमा ‘करियर कुरा’ कार्यक्रमको आयोजना हुँदै

कञ्चनपुर – कोड फर चेन्जले जेठ ११ गते महेन्द्रनगरको सार्क एजुकेसन फाउन्डेसनमा ‘करियर कुरा’ कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । विज्ञान र प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूलाई लक्षित गर्दै सूचना तथा प्रविधिको क्षेत्रमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विभिन्न विशेषज्ञहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कोड फर चेन्ज सुदूरपश्चिमका कार्यकारी सदस्य नरेश बहादुर चन्दले जानकारी दिएका छन्।

उहाँका अनुसार विद्यार्थीहरूलाई रोजगारका अवसरहरूको बारेमा जानकारी प्रदान गर्ने र आईटीमा रोजगार र इन्टर्नसिप, आईटीमा सडक नक्सा र आईटीको दायरा र बजार सम्बन्धी जानकारी प्रदान गरिने उनको भनाई रहेको छ । उक्त कार्यक्रम जेठ ११ गते, दिँउसो ०२:०० बजेदेखि दिउँसो ०४ः०० बजेसम्म हुने छ ।

‘ कोड फर चेन्ज ’ एक गैर – नाफामूलक संगठन हो जसले विगतका केही वर्षदेखि प्रविधिसँग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विद्यार्थीहरूका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आएको छ । कोड फर चेन्जले सन् २०२३ सालदेखि सुदूरपश्चिममा स्थापना भई विद्यार्थिहरूलाई विभिन्न सूचना तथा प्रविधिसँग सम्बन्धी तालिम निःशुल्क रुपमा प्रदान गरिरहेको छ ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.