कञ्चनपुर – सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोग गर्दै आर्थिक विकासमा जोड दिएका छन । शुक्रबार भीमदत्त नगरपालिकाले आयोजना गरेको विश्व पानी दिवस कार्यक्रममा सहभागि सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोगमा जोड दिएका हुन । महाकाली नदीको बहुउपयोग गर्दै आर्थिक समृद्धिमा लगाउनुको विकल्प नभएको धारणा समेत व्यक्त गरेका छन्
।
‘विश्व शान्तिका लागि पानीको समन्यायिक पहुँच’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाले निड्स नेपाल सहितका साझेदारी संस्थासँग महाकाली तटीय क्षेत्र खल्लामछेट्टीमा आयोजना गरेको महाकाली रिभर महोत्सव कार्यक्रममा सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोगमा जोड दिएका हुन ।
कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटीले उत्तर हिमालयबाट बगेर आउने महाकाली नदीको प्राकृतिक रुपमा उपयोग गर्नका लागि नगरपालिकाले हरप्रयास गर्ने बताए । मेयर बोगटीले चुरेदेखि समथर भागसम्म महाकाली नदीमा साहसिक जलयात्रा समेत सम्भावना भएको बताए । ‘भीमदत्त नगरपालिकाले विगतमा पनि साहसिक जलयात्रा गरेको र अहिले पनि सफल गरेको छ, ‘यस खल्लामछेट्टी क्षेत्रमा पर्यापर्यटनका लागि महाकाली नदी निकै उपयोगी छ ।’
निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले महाकाली नदी ज्यादै सम्भवमा बोकेको नदी भएकाले त्यसको बहुमुखी प्रयोग गर्दै आर्थिक, समाजिक, सांस्कृतिक विकासमा जोड दिए । उनले अबको ५० औँ वर्षपछि पानीकै लागि युद्ध हुने विज्ञहरूको भनाइलाई उदृत गर्दै पानी मानविय जीवनका लागि निकै महत्वपूर्ण भएको बताए । उनले कञ्चनपुर खण्डमा महाकाली नदी ¥याफटिङ्गका लागि निकै सम्भावना भएकाले पर्यापर्यटनमा जोड दिए ।
नेपाल र्याफ्टिङ्ग एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारीले जलयात्राका लागि महाकाली निकै सम्भावना बोकेको नदी भएकाले त्यसको प्रर्वद्धनका लागि तीनै तहका सरकार जिम्मेबार हुनुपर्ने बताए । ‘यो महाकाली नदी हरेक दृष्टिकोणबाट प्रसस्त सम्भवमा बोकेको नदी हो, ‘उनले भने, ‘यहाँ विश्वकै र्याफ्टिङ्ग गर्ने लगानीकर्ता भित्र्याउनुपर्छ ।’
भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले महाकाली नदीको आवश्यक उपभोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कृष्णपुर नगरका मेयर हेमराज ओझाले महाकाली नदी आफैमा महत्वपूर्ण नदी भएकाले यसको सिँचाइदेखि थुप्रै विकासमा उपभोग गरेर समृद्धिका क्षेत्रमा जोड्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महाकाली नदी थुप्रै सम्भावना बोकेको नदी भएकाले यसको दिगो उपभोग गर्दै आर्थिक विकासमा जोड दिए ।
मुख्यमन्त्री शाहले र्याफ्टिङ्ग सहितका सबै सम्भावनाका लागि लगानीका क्षेत्र भित्र्याउने समेत आश्वासन दिए । यस अघि ०७८ सालमा समेत भीमदत्त नगरपालिकाले साईलेन्टर रिभरदेखि खल्लामछेट्टीसम्म सहासिक जलयात्रा गरिएको थियो । अहिले पनि गरिएको छ । यसबाट समेत डडेल्धुराको परशुरामदेखि कञ्चनपुरको खल्लामछेट्टीसम्म महाकाली नदी र्याफ्टिङ्गका लागि सफल परीक्षण गरिएको र भावी दिनमा समेत निरन्तरतामा सरोकारवालाहरुले जोड दिए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी जगदिशचन्द्र भट्टले व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन समेत र्याफ्टिङ्गबाटै पर्यटन वृद्धि विकास हुने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।









Discussion about this post