कञ्चनपुर – चर्चित गायक चक्र बमले होली विशेष गीत सार्वजनिक गरेका छन्। पछिल्लो समय एकपछि अर्को चर्चित गीत दर्शकमाझ प्रस्तुत गरिरहेका गायक बमले होली विशेष गीत सार्वजनिक गरेका हुन्।

गायक बमका गीतहरू दर्शकमाझ निकै लोकप्रिय हुने गरेका छन्। सुदूरपश्चिमको कला संस्कृतिको प्रवर्द्धन गर्न समेत गायक बम निकै सक्रिय रहेका देखिन्छन्। पछिल्लो समय उनले डोटेली भाषामा गायक गीतहरूले पनि नेपाल लगायत भारतमा समेत निकै चर्चा पाएको छ। भारतको कुमाउ, गढवाल लगायतका क्षेत्रमा उनका गीतहरू निकै लोकप्रिय बनेका छन्। आफ्नो छुट्टै गायन शैली र शब्दबाट श्रोतालाई रिझाउन सफल गायक नेपालमै लोकप्रिय बनेका छन्।
उनले यस वर्ष होली पर्व विशेष गीत ‘कती राम्रो होली’ सार्वजनिक गरेका छन्। गीतमा गायक बमकै आवाज रहेको छ भने उनलाई गायिका लक्ष्मी रानाले गायनमा साथ दिएकी छन्। गीत गायक बमकै युट्युब च्यानल बाट सार्वजनिक भएको छ।
भिडियो हेर्न लिङ्कमा जानुहोस् ।।









Discussion about this post