तिमीलाई जिन्दगीले वसन्त दिएको बेला
मनाउनु खुशी जग सँग
कतैबाट दुःखको हावाले छोए
बेदना पोख्न आउनु मसँग
माग्दैन तिम्रो सबैथोक
चाहदैन तिम्रो चाहत भन्दा पर
मलाई थाहा छ,
कामको चपेटोमा दिनभरी लपेटिएको हुन्छौ
सुन्दर भविष्यको सपना एक्लै एक्लै बुन्छौ
बस त्यो थकान मेटाउन बोल्नु मसँग
कठिन पथका काँडा हटाउन
सदैव सँगै हिँड्नु मसँग
सुनाउनु जिन्दगीको उतारचढाव
मुस्कुराउनु पुस पछि आउँदा बैशाख
तिम्रो लागि तिमी एक्लै पूरा छौ
भन्दिन, म नभएर अधुरा छौ
अमर साथ त कसको हुन्छ र यहाँ
भर त बटुवाको कसले गर्छ र यहा
तर आउँदा औश्ज मलाई सम्झिनु
नरहँदा आस मलाई पर्खिनु
तिम्रा मनका कुन्ठाहरूमा
अव्यक्त भएर बसेका भावना
तिम्रा भाषा विज्ञानमा
अर्थहीन भएर बसेका शब्द रुपि बेदना
बेझिझक भै सुनाउन मेरो आँगनमा आउनु
हराएको आलुलाई खोज्न
फुर्सद मिले मेरो भित्री संसार धाउनु
प्रिय
पतन हुँदैनन् कहिले
कहानीका सिलसिला
खतम हुँदैनन् कहिले
अमर प्रेमका कथा गहकिला
भन्दिन म मेरो मात्र भएर बस
तर कोही तिम्रो नहुदाँ मेरो हुन आउनु
सकिदाँ सामर्थ्य धैर्यताको
मनका दुतहरूसँग
मेरो नामको पत्र पठाउनु