आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । अरु बाँकी भागको मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि आज पानी पर्ने सम्भावना छैन । भोलि सुदूरपश्चिमसहित पश्चिमी क्षेत्रका केहि ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताउनु भयो ।









Discussion about this post