कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषीमा रहेको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थी स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

बिहीबार सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काको थियो भने जनज्योति एजुकेसनल फाउण्डेसनका अध्यक्ष माधव प्रसाद जोशीको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले जनज्योति बहुमुखी क्याम्पसले शिक्षा र खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै क्षेत्रमा आफ्नो र संस्थाबाट सकिने सहयोग गर्न तत्पर रहने प्रतिवद्धता गरेका छन्।

त्यसैगरी क्याम्पस प्रमुख प्रकाश जोशीले २०५८ सालमा स्थापना भएको उक्त क्याम्पस एजुकेसनल हब भएको बताए। उनले भने स्थापना भएयता हाम्रो क्याम्पस सुदूरपश्चिमकै एजुकेसनल हब बन्न पुगेको छ। साथै उनले क्याम्पसका विद्यार्थीहरू विभिन्न तहमा लोकसेवा निकालेको देखेर झन जोस जाँगर पलाएको बताएका छन्। उनले नयाँ शैक्षिक सालदेखि झन जोस र जाँगरका साथ क्याम्पसमा कक्षाहरू सञ्चालन गरिने बताए। विद्यार्थी परीक्षामा मात्रै पास हैन दक्ष जनशक्ति उत्पादन गर्न आफू र क्याम्पसका प्राध्यापकहरू निरन्तर खटिएका उनको भनाइ रहेको छ।

जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक लगायतको भव्य उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्यापसले सञ्चालन गरेको खेलकुद सप्ताहमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ भने स्नातक तह प्रथम वर्ष र स्नातक तह द्वितीय वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। साथै कार्यक्रममा विभिन्न सासंकृतिक प्रस्तुति समेत राखिएका थिए।
















Discussion about this post