सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एभरेष्ट एभरग्रिन इङ्गलिस स्कुलले मनायो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

राजेन्द्र बिष्ट, कञ्चनपुर – एभरेष्ट एभरग्रिन इङ्गलिस स्कुलले आफ्‍नो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटामा रहेको एभरेष्ट एभरग्रिन इङ्गलिस स्कुलले आफ्‍नो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । शुक्रवार विविध सांस्कृतिक कार्यक्रम सहित विद्यालयले २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक प्रेम वल्लभ भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक प्रेम वल्लभ भट्टले विद्यालयले स्थापना कालमा धेरै समस्या झेलेको भए पनि अहिले दक्ष जनशक्ति उत्पादन तथा समायानुकुल युग सुहाउँदो शिक्षा प्रदान गर्न सकिरहेको बताउनु भयो । साथै उहाँले शैक्षिक गुणस्तर सुधारका लागी विद्यालयको टीम अहोरात्र खटिएर लागी रहेको बताउँदै भविष्यमा प्रविधिमैत्री र  व्यवहारिक शिक्षामा जोड दिने समेत बताउनुभयो ।

Mahakali Polytechnic

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो । यस विद्यालयमा हाल ४२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

World Link Ads

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.