सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तमा झण्डै ४० हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइदै

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा झण्डै ४० हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ।

शुक्रबार भीमदत्त नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको सभाहलमा आयोजना गरिएको पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा फागुन १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा नगरपालिकाका झण्डै ४० हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने बताइएको हो। 


भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले फागुन १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय खोप केन्द्र रहेका बताए। उनले भने ‘खोप कार्यक्रमका लागि नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय खोप केन्द्र रहेका छन् भने विद्यालयमा खोप लगाइसकेपछि स्वास्थ्य संस्थाबाट खोप लगाइने छ।’ 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.