सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सनराइज पब्लिक सेकेन्डरी स्कुलको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सनराइज पब्लिक सेकेन्डरी स्कुलको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त  बोहराको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर चन्दको सभापतित्व रहेको थियो। 


विद्यालयका सहप्रधानाध्यापक पुरन चालीसले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक राज चालिसेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। 


यसैगरी विद्यालयका प्रधानाध्यापक दीपक राज चालिसेले विद्यालयले पढाईलाई मात्रै नभई प्रत्येक दुई महिनामा खेलकुद लगायतका विभिन्न अतिरिक्त कृयाकलाप गर्दै आएको बताए। साथै उनले अहिलेका अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र सिह ऐरी, प्रदिप ऐरी, भीम सार्की, हेमन्त धामी आकाश चन्द लगायतका खेलाडीहरू समेत यसै विद्यालयका पूर्व विद्यार्थी रहेको बताउँदै नेपाल मात्र नभई भारतमा समेत आयोजना हुने विभिन्न कार्यक्रमहरूमा समेत यस विद्यालयले भाग लिँदै आएको बताएका छन्।


विज्ञान तथा कलाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको उक्त विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने सात जना अग्रज महिलाहरूलाई सम्मान समेत गरेको छ । यसै गरि कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.