कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले विद्यार्थीहरूलाई निशुल्क कम्प्युटर सम्बन्धी तिन महिने बेसिक कोर्स सञ्चालन गर्ने भएको छ। वडा भित्रका ३० जना विद्यार्थीहरूका लागि तिन महिने बेसिक कम्प्युटर कोर्स सञ्चालन हुन लागेको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष प्रकाश थापाले अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक भएकाले विद्यार्थीहरूलाई आधुनिक प्रविधी सँग जोड्न वडा कार्यालयले सानो प्रयास थालेको बताए। उनले भने ‘ अहिलेको आधुनिक युगमा कम्प्युटर सम्बन्धी ज्ञान हुन आवश्यक छ। तसर्थ विद्यार्थीहरूलाई आधुनिक प्रविधि सँग जोड्न हामिले एउटा सानो प्रयास सुरु गरेका छौं।’ साथै अध्यक्ष थापाले वडामा अन्य तालिम तथा सेवाका कार्यहरूमा निरन्तरता दिने बताए।










Discussion about this post