कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकको प्रमुख आतिथ्य रहेको थियो भने महाकाली बहुप्राविधिक शिक्षालयका अध्यक्ष पदम बोगटीको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखकले महाकाली बहुप्राविधिक शिक्षालयले छोटै समयमा पनि शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन्। साथै उनले लेखकले महाकाली बहुप्राविधिक शिक्षालयलाई सकेको सहयोग गर्न सँधै तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।

शिक्षालयका प्रशिक्षकद्वय धर्मानन्द भट्ट र चुडामणि शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षालयका निर्देशक पर्मल साउदले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी कार्यक्रमबाट शिक्षालय स्थापनमा र सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका १७ जनालाई सम्मान गरिएको छ भने कञ्चनपुरका दुइ वटा शैक्षिक संस्था बैजनाथ मावि र आइसिएलाई समेत शिक्षालय सञ्चालनमा सहयोग गरेको भन्दै कदर पत्र सहित सम्मान गरिएको छ। वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका थिए्।










Discussion about this post