Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी केन्द्रद्वारा कृष्णपुर नगरपालिकालाई ज्ञापन, गत र चालु आर्थिक वर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटीले नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । नेकपा माओवादी केन्द्र कृष्णपुरका सचिव जगदीश मल्लले नगरपालिकाले गरिरहेको कामकाज योजना जनमुखी नभएको, पारदर्शी नभएको जनअपेक्षा नभएको भन्दै गत आर्थिक वर्ष ०७९-०८० देखि चालु आर्थिक वर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग अघि सारेको बताए ।

सचिव मल्लका अनुसार ३३ बुँदे माग अघि सारेर कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताए । माओवादी केन्द्र कृष्णपुरका नगर अध्यक्ष जोगराज चौधरीले नगर प्रमुख हेमराज ओझालाई ज्ञापन पत्र बुझाएका छन । सचिव मल्लले पाटीले जनजिविका सहित नगरका जनताको भविष्यसँग जोडिएका विषयमा स्थानीय सरकार गम्भिर नभए आन्दोलनको चेतावनी दिएका छन । सचिव मल्लले पाटीका तर्फबाट स्थानीय सरकारलाई विकास निर्माणमा घचघच्याउने देखि सुशासनका लागि दवाव सृजना गरेको बताए ।

माओवादी केन्द्र कृष्णपुरले सुशासन, विकास निर्माण, सेवा प्रवाह, कोटेसन, अलपत्र योजना पारेको विषयमा नगर प्रमुख ओझालाई बुझाएको ज्ञापन पत्रका यस्ता छन मागहरू : 

१) सडक, पुल, पुलेसा, भवन, विजुली बत्ती जस्ता विकासे योजनाहरू छनौट उपभोक्ता समिति गठन भुक्तानी प्रक्रिया सम्बन्धमा ।

२) कृषि र पशु विकास शाखा बाट वितरण गरिएका अनुदान को बिल भर्पाई तथा लाभान्वित छनौट को अभिलेख सहित जानकारी सम्बन्धमा ।

३) स्वास्थ्य सामाग्री, औषधी तथा उपकरण खरिद प्रक्रिया को अभिलेख सम्बन्धमा ।

४) न.पा. का सवारी साधन तथा विभिन्न मेसिनरी खरिद प्रक्रिया का साथै बिल भवितथा भुक्तानी सम्बन्धमा ।

५) न.पा. का सवारी साधन तथा मेसिनह? ले प्रयोग गर्ने इन्धन डिजल÷पेट्रोल खरिद तथा वितरण प्रक्रिया को अभिलेख सम्बन्धमा ।

६) नगरपालिकाले बजेटको सुनिश्चतता नभई मनोमानी ढंगले पटक पटक  दोहर्याएर तयार गर्ने जिम्मा पक्रिया विपरित आफ्नो नजिकका व्यक्तिलाई दिएको सम्बन्धमा ।

७) आर्थिक सहयोग हवाई टिकट र इन्धन वितरण को अभिलेख सम्बन्धमा ।

८) जग्गा नापीको नापजाँच गर्ने प्रयाप्त स्रोत साधन र कर्मचारी हुदा हुदै नायेंजाचको ठेक्का दिईनुको कारण तथा नापककजाच बाँकी रहेका वडाहरू ५, ६ र ७ मा नापी नहुनुका कारण सम्बन्धमा ।

९ ) विभिन्न योजनाको दोहोरो भुक्तानी सम्बन्धमा ।

१०) मछेली खोलाको धार परिवर्तन गर्न ठेकदारलाई कोटेसन दिइएनुको कारण र प्रक्रिया सम्बन्धमा ।

११) विद्यालयलाई दिइएको प्लेस्टेसन को खरिद प्रक्रिया साथै विल भपाई को अभिलेख सम्बन्धमा ।

१२) पञ्जीकरण (जन्म, मृत्यु, बसाईसराई) मा राजश्व वृद्धि गर्नुको कारण सम्बन्धमा ।

१३) नियमविपरित कर्मचारी भर्ना सम्बन्धमा ।

१४) न.पा. का विभिन्न सामाग्रीहरू सार्वजनिक खरिद ऐन अनुरूप भए नभएको सम्बन्धमा ।

१५) हाल सम्म खरिद गरिएका विभिन्न सामाग्रीहरू को सम्पत्ति दाखिला तथा सार्वजनिक गरिनुका साथै दस्तावेजिकरण सम्बन्धमा ।

१६) कञ्चन बुहुमुखी क्याम्पस गुलरियाको जग्गा न.पा.ले आफ्नो लालपुर्जामा समावेश गरे नगरेको सम्बन्धमा ।

१७)  नगर शिक्षक छनौट, शिक्षक सरुवा र दरबन्दी मिलान प्रक्रिया सम्बन्धमा ।

१८) रोड शेष कर तथा रोयल्टी वृद्धी को कारण सम्बन्धमा ।

१९) नगरपालिकाको निमित्त प्रमुख प्रशासकियको जिम्मेवारी सम्बन्धमा ।

२०) विभिन्न क्षेत्रमा गरिएको कर वृद्धि र मनोमानी ढंगले गरिएको कर छुट सम्बन्धमा ।

२१) सरकारी प्राविधिक कर्मचारीलाई नगरपालिकाले फिर्ता पठाउने निर्णय गरिएको सम्बन्धमा ।

२२ ) छाडा पशुचौपाया को खर्च सार्वजनिक तथा छाडा पशुचौपायालाई व्यवस्थित गर्ने सम्बन्धमा ।

२३) नगरप्रमुखको सचिवालयमा आफू खुसी मनोमानी ढंगले प्रक्रिया विपरित कर्मचारी राखिएको र उनीहरूको सेवा सुविधा सम्बन्धमा ।

२४ ) हाल विवादीत रहेको स्वास्थ्य कर्मचारीको छनौट को प्रक्रिया सम्बन्धमा ।

२५) बिदा का दिन सरकारी सवारी साधन को दुरुपयोग सम्बन्धमा ।

२६) संघ, प्रदेश साथै विभिन्न संघ संस्था बाट नगरपालिका मार्फत कार्यान्वयन भएका योजना तथा कार्यक्रम सम्बन्धमा ।

२७) लामो अवधि देखि ठेक्का प्रक्रिया भएको नगर अस्पतालको निर्माण कार्य सूचना नभएको सम्बन्धमा ।

२८) कृष्णपुर स्वास्थ्य चौकी को माथिल्लो तलामा प्रक्रिया विपरित सेफ हाउस भवन निर्माण सम्बन्धमा

२९ ) नगरपालिका बाट विगत मा सूचनामा भएका नगरस्तरीय योजनाहरू अलपत्र रहेको सम्बन्धमा ।

३०) नगरपालिकाले तयार पारेका विभिन्न ऐन नियमावली र कार्यविधि लाई कार्यान्वयन नगरी थन्काएको सम्बन्धमा ।

३१) वडा नं. १ मा आर्थिक वर्ष २०७५-८० को बर्सातको समयमा प्रक्रिया विपरित नगरपालिकाको साधन स्रोत बाट गरिएको पानी पिच सम्बन्धमा ।

३२) नगरपालिका माथि विभिन्न निकाय मा परेका उजुरीहरू को सत्यतथ्य छानविन गर्नुपर्ने सम्बन्धमा ।

३३) अनियमित किसिमले आफ्ना आसेपासेलाई कोटेसन तथा ठेक्का वितरण गरिएको सम्बन्धमा । सचिव मल्लले नगर प्रमुख ओझाले पाटीले ज्ञापन पत्र बुझ्दै नगरका योजना बारे सूचना उपलब्ध गराउने आश्वासन दिएको बताए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व